झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्

सारांश

  • काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो स्थान हुनुपर्ने दावी गरेका हुन् ।

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो स्थान हुनुपर्ने दावी गरेका हुन् ।

पार्टीभित्रको इतिहासअनुसार ओलीभन्दा पनि आफू सिनियर भएकोसमेत खनालको दावी थियो ।

सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणाप्रति पार्टीभित्रै धेरै असन्तुष्टी नरहेको पनि खनालले बताएका छन् । कार्यक्रमको बिचमै उठेर हिँडेका अर्का नेता माधवकुमार नेपाल पनि सन्तुष्ट नै रहेको खनालले बताए ।

बाहिर चर्चा भएजस्तो नेपालको असन्तुष्टी नरहेको खनालको जिकिरि थियो । फरक प्रसंगमा खनालले ओली पछि अर्का अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्ने संकेत पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?