बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २३, २०७६
|
|
२० पटक हेरिएको
Shares
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने

सारांश

  • बीआइए फाउन्डेसनले हरेक वर्ष शारिरीक अशक्तता भएकाहरुको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई प्रदर्शन गर्दै आएको बीआइए अवार्ड २०१९ को आवेदन खुल्ला गरेको छ ।
  • शारिरीक अशक्तता भएकाहरुको सहयोग र उनीहरुलाई आत्मनिर्भर बनाउने कार्यमा योगदान पुर्याएका व्यक्ति वा संस्था यो अवार्डमा सहभागि हुन सक्ने फाउण्डेसनका म्यानेजिङ डिरेक्टर गोकर्ण ढुंगानाले बताए ।
  • अवार्डका सहभागि हुनका लागि फाउण्डेसनको वेभसाइट http://bia-foundation.

बीआइए फाउन्डेसनले हरेक वर्ष शारिरीक अशक्तता भएकाहरुको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई प्रदर्शन गर्दै आएको बीआइए अवार्ड २०१९ को आवेदन खुल्ला गरेको छ । शारिरीक अशक्तता भएकाहरुको सहयोग र उनीहरुलाई आत्मनिर्भर बनाउने कार्यमा योगदान पुर्याएका व्यक्ति वा संस्था यो अवार्डमा सहभागि हुन सक्ने फाउण्डेसनका म्यानेजिङ डिरेक्टर गोकर्ण ढुंगानाले बताए ।

अवार्डका सहभागि हुनका लागि फाउण्डेसनको वेभसाइट http://bia-foundation.org मार्फत आवेदन दिन सकिनेछ । १५ अगस्ट अर्थात साउन ३० गतेसम्म आवेदन दिन सकिने ढुंगानाले बताए । अवार्डको राशी १ लाख रुपैयाँ रहेको छ । भदौ १० गते फाउण्डेसनको वार्षिकोत्सवको अवसर पारेर अवार्ड वितरण गरिदै छ ।

शारिरीक अशक्तता भएका व्यक्तिहरुको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको संस्था हो । छोग्याल रिम्पोछे अध्यक्ष रहेको फाउण्डेसनले ११ विधामा १३५ जना शारिरीक अशक्तता भएकाहरुलाई सीपमूलक तालिम दिदै आइरहेको छ । कीर्तिपुरमा फाउण्डेसनले ४ विधामा ३० जनालाई सीपमूलक तालिम दिइरहेको छ । त्यस्तै ५० जना अशक्त व्यक्तिलाई फाउण्डेसनले निःशुल्क आवासीय सुविधा समेत प्रदान गरेको छ ।

यस वर्ष गर्न लागिएको अवार्ड फाउण्डेसनको तेस्रो संस्करणको अवार्ड हो भने यसै वर्ष फाउण्डेनसको पाँचौ वार्षिकोत्सव पनि मनाइदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?