ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  •   नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते चुनावमा सम्पन्न भएपछि पनि ‘शेरबहादुर देउवाले चुनाव सार्दैछ’ भनिरहने बताएका छन् ।
  • रोल्पाका लिवाङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ‘ओलीले हिजो आज सपनामा पनि चुनाब सारेको देखिरहनुभएको छ ।

काठमाडौं, ८ मंसिर ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते चुनावमा सम्पन्न भएपछि पनि ‘शेरबहादुर देउवाले चुनाव सार्दैछ’ भनिरहने बताएका छन् ।

रोल्पाका लिवाङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ‘ओलीले हिजो आज सपनामा पनि चुनाब सारेको देखिरहनुभएको छ ।’
मौन अबधि सुरु हुनु भन्दा केहि घण्टा अगाडि रोल्पाको सदरमुकाम पुग्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउबाले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाएर मुुलुकबाट कम्युनिष्टहरुको आतंकलाई सधैभरिका लागि विदा दिनुपर्ने पर्ने बताए ।

जनयुद्धको नाममा लोकतन्त्रको पक्षमा लाग्ने निमुखा जनताको हत्या र हिसा गर्ने कम्युनिष्टहरुको सरकार आयो भने डर र त्रासमा बाँच्नु पर्ने भन्दै सभापति देउवाले ‘नेपालका कम्युनिष्टले विश्वमै खत्तम भईसकेको व्यवस्था नेपाल ल्याउन चाहेको’ बताए ।
‘नेपालका कम्युनिष्टहरुले चीनमा सकिएको माओबाद, रुसमा लेनिनबाद र माकर््सबादको सपनामा जनता भुलाईरहेका छन्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुका कारण लोकतन्त्रमाथि खतरा उत्पन्न भएकाले प्रजातन्त्र र गणतन्त्र ल्याउने नेपाली कांग्रेसलाई भोट हाल्नु पर्ने बताए ।
‘द्वन्द्वको सबै भन्दाबढि हाम्रा कार्यकर्ता मारिएको जिल्ला हो । देश कता जान्छ । एकदलीय कम्युनिष्टतिर कि बहुदलीय व्यवस्थामा नै अड्छ त्यो तपाईहरुकै हातमा छ, अब रोज्नु पर्ने समय आएको छ ’ प्रधानमन्त्री देउवाले भने ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Indra Bk

    Hareko sapana ta deuba le dekeko hola

    Comment Author

    Surendra Deuba

    Hahaha sahi kuro ho tyo gathelai ajhai samma biswash lageko xain

    Comment Author

    Surendra Deuba

    Under s.L.c.ko dos ho

    Comment Author

    Gangadhar Dhungana

    हैन हो फेरि ज्योतिषीले केही भनेका छैनन् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?