मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
सारांश
- दमौली, १६ फागुन, तनहँु निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नुभएको छ ।
- व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउनुभएको हो ।
- मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताउनुभयो ।
दमौली, १६ फागुन, तनहँु निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नुभएको छ ।
व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउनुभएको हो । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको गुनासो स्थानीयवासीले गरेपछि आफूले राज्यबाट पाउने मासिक तलबवापतको रकममध्येबाट रु ५० हजार सहयोग गरेको सांसद श्रेष्ठले बताउनुभयो ।
खानेपानी उपभोक्ता समूहका अध्यक्ष मधुमाया थापालाई रकम हस्तान्तरण गर्दै उहाँले आफू जिल्लाको विकास गर्न जनप्रतिनिधि भएको भन्दै अन्य केही समस्या भए आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
सांसद श्रेष्ठले आफूले राज्यबाट पाउँदै आएको मासिक तलब भत्ता जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले खानेपानी योजना, विद्यालय, आमा समूह, मठमन्दिरलगायतका समूहलाई मासिक तलबवापत रकम उपलब्ध गराउनुभएको छ ।
नयाँ घर पाएपछि बोटे समुदाय खुशी
तनहुँको व्यास नगरपालिका–५ लुतेवराहका ८१ वर्षीय उजरसिं बोटेको मुहारमा छुट्टै चमक छ । वर्षौदेखि झुप्रो टहरोमा बस्दै आउनुभएका उहाँले नयाँ घर पाएपछि उहाँमा खुशीको सीमा नै छैन । आर्थिक रूपमा विपन्न सीमान्तकृत जातिको रुपमा सूचीकृत बोटेले नयाँ घर पाउँछु भन्ने कल्पनासमेत गर्नुभएको थिएन ।
उहाँले भन्नुभयो, “मैले नयाँ घर पाउँछु होला भन्ने कल्पनासमेत गरेको थिइन । तर सरकारले घर बनाइदियो । धेरै खुशी छु ।” शहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत बोटेले नयाँ घर प्राप्त गर्नुभएको हो । उहाँसगै यस ठाउँका छ घरधुरीलाई नयाँ घर निर्माण गरिएको छ ।
सोही ठाउँका रुपामाया बोटे पनि नयाँ घर पाएपछि खुशी हुनुहुन्छ । पैसा नहुँदा घर बनाउन नसकिएको भन्दै उहाँले सरकारले घर बनाइदिएपछि खुशी हुँदै भन्नुभयो, “हामीजस्तो गरीबलाई सरकारले हेर्दोरहेछ ।”
यहाँका आइतबहादुर बोटे, बलबहादुर बोटे, क्षेत्रबहादुर बोटे, रुपामाया बोटे, सन्तबहादुर बोटे र उजरसिं बोटेलाई जनता आवासमार्फत घर निर्माण गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया