सामाज रुपान्तरणका लागि साहित्यिक अभियान !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सामाज रुपान्तरणका लागि साहित्यिक अभियान !

सारांश

  • स्याङ्जा, ९ कात्तिक ।
  • अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।
  • पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित बृहत् साहित्य सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो रचनामार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

स्याङ्जा, ९ कात्तिक । अबको साहित्यलाई सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानका रुपमा विकास गर्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । पूर्वी स्याङ्जाको हरिनास गाउँपालिका–५ को पर्यटकीय सम्भावना रहेको हरिनास जङ्गलमा आयोजित बृहत् साहित्य सम्मेलनमा सहभागी साहित्यकारहरुले आफ्नो रचनामार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । “तरबारमा भन्दा कलममा बढी बल हुन्छ भनेर दाबी गर्दै गर्दा अहिले समाजमा भइरहेका विकृति–विसङ्गतिविरुद्ध स्रष्टाहरुले कलम चलाउनु आवश्यक छ,” आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले भने, “कलम चलाउने सचेत नागरिकले अरूलाई पनि सचेत बनाउनु हाम्रो कर्तव्य हुने भएकाले आफ्ना रचनामार्फत विकास र समृद्धितर्फ अघि बढ्न अभिप्रेरित गर्नु आवश्यक देखिन्छ ।”

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले छबुँदे हरिनास साहित्य घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले बलात्कार, हत्या, हिंसा, भ्रष्टाचारजस्ता कार्यको न्यूनीकरणका लागि पहल हुनुपर्ने, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि साहित्यिक अभियानहरु समय समयमा दूरदराजमा पु¥याउनु पर्ने लगायत बुँदाहरुलाई घोषणापत्रका रुपमा ल्याएको छ । नेपालका सात वटै प्रदेश तथा भारतको सिक्किमबाट समेत यहाँ वरिष्ठ साहित्यकारको जमघट भएको आयोजक ज्याग्दी खोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले बताए ।

पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्मका झण्डै सय जना वरिष्ठ साहित्यकारको भेलामा ४८ जनाभन्दा बढी साहित्यकारले कथा, कविता, गजल, मुक्तकलगायत साहित्य सिर्जनाहरु वाचन गरेका अध्यक्ष लम्सालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका दुई नेता जेल चलान
विप्लवका दुई नेता जेल चलान
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्यो
मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्यो
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
एक्लाएक्लै चुनाव लड्ने बाध्यात्मक परिस्थित बन्दै
एक्लाएक्लै चुनाव लड्ने बाध्यात्मक परिस्थित बन्दै
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !
भारतले नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने !