प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?

सारांश

  • प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैलीका आलोचक स्थायी समिति सदस्य घनश्याम भुसालसंग करीब तीन घण्टा गोप्य छलफल गरेको समाचार छ ।
  • २०७६ असार २५ गते बुधवारले दिएको समाचार अनुसार २०७६ असार २१ गते शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले भुसालसंग निकै लामो छलफल गरेका थिए ।
  • स्रोतका अनुसार, आफ्नै पार्टी अध्यक्षसंग भुसालले ६ वर्ष पछि लामो र गोप्य भेटवार्ता गर्ने अवसर पाएका हुन ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैलीका आलोचक स्थायी समिति सदस्य घनश्याम भुसालसंग करीब तीन घण्टा गोप्य छलफल गरेको समाचार छ । २०७६ असार २५ गते बुधवारले दिएको समाचार अनुसार २०७६ असार २१ गते शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले भुसालसंग निकै लामो छलफल गरेका थिए ।

स्रोतका अनुसार, आफ्नै पार्टी अध्यक्षसंग भुसालले ६ वर्ष पछि लामो र गोप्य भेटवार्ता गर्ने अवसर पाएका हुन । पार्टी कार्यालय, संसदीय दल, औपचारिक फोरम र सामूहिक रुपमा नेताहरुसंगको औपचारिक फोरमहरुमा जम्काभेट हुने बाहेक प्रधानमन्त्री ओली र भुसालबीच लामो समयदेखि संवादहीनताको अवस्था रहेको कटु यथार्थबीच

पछिल्लो छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ । यसअघि ओली भुसालबीच २०७० माघ २२ मा संसदीय दलको निर्वाचन हुनुभन्दा केही दिन पहिले यस्तै लामो छलफल भएको थियो । २०७१ सालमा सम्पन्न तत्कालीन एमालेको नवौं महाधिवेशनको संघारमा थोरै समय संवाद भएपनि उनीहरुबीच लामो छलफल भएको थिएन ।

अध्यक्ष ओलीसंग औपचारिक फोरमहरुमा आँखा जुधाएर सैद्धान्तिक तर्क गर्ने र उनका कार्याशैलीको कटु आलोचना गर्ने प्रतिपक्ष नेताको जस्तो भुसालको बाहिरी छवि बनेपनि यथार्थमा दुई नेताबीच ठ्याक्कै त्यस्ते प्रचारित सम्बन्ध पनि नभएको बताईन्छ । पार्टी एकता लामो समयसम्म नटुंगिएको, राजनीतिक दस्तावेज समेत

प्रकाशनमा आईनसकेको मात्र होइन, पार्टी संचालनमा विधि प्रक्रिया र मापदण्डको विषय बारम्बार जोडदार उठ्दै गएको, पार्टी एकता कमजोर हुँदा सरकारले कतिपय राम्रा काम गर्न खोज्दाखोज्दै पनि आफ्ना निर्णयमा क्रमश ब्याक हुँदै गएको परिवेशमा ओली–भुसालबीचको भेटलाई अर्थपूर्णमा हेरिएको छ ।

यो भेटलाई बालुवाटार स्रोतले मात्र होइन भुसाल स्वमंले समेत गुपचुप राख्न रुचाएका छन् । ‘‘उहा“हरुबीच धेरै लामै छलफल भयो, करीब तीन घण्टाको समयमा दुई तिहाइभन्दा बढी समय त लामो समयदेखिको सम्बन्धका उतारचढावलाई संस्मरणात्मक ढंगले नै अध्यक्षले प्रस्तुत गर्नुभयो,’ स्रमेतले भन्यो,‘अन्त्यतिर घनश्याम कमरेडले

ब्यक्तिगत मामिलाभन्दा पनि राजनीतिक विषयमै छलफल गरौं भन्नेमै जोड गर्नुभएको तर, समय अभाव भएकाले छलफल त्यत्तिकैमा सकियो । भुसारलले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्ने बित्तिकै अहिले आएका, देखिएका समस्याहरु मूलभूत रुपमा समाधान हुँदै जाने र सकारात्मक वातावरण बन्ने’ सुझाव दिएको बुझिएको छ । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
जागिरका लागि तयार हुनुस्, २ हजारभन्दा बढि अधिकृतको आवेदन खुल्दै
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
खान नमिल्ने ७२ हजार केजी चिनी कसरी ‘खानयोग्य’ बनाइयो ?
खान नमिल्ने ७२ हजार केजी चिनी कसरी ‘खानयोग्य’ बनाइयो ?
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
संसद्मा ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द बोलेपछि कोलाहल, हटाईयो रेर्कड
संसद्मा ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द बोलेपछि कोलाहल, हटाईयो रेर्कड
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

तपाईंले छुटाउनुभयो कि?