नेकपाको एकता प्रक्रिया किन अड्कियो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
नेकपाको एकता प्रक्रिया किन अड्कियो ?

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपाको पार्टी एकताको बाँकी काम सहमतिबाटै टुंग्याउने जनाएको छ।
  • भोलिका दिनमा कुनै समस्या नहुने गरी सहमतिकासाथ पार्टी एकता टुंग्याउने विषयमा शीर्ष नेताबीच छलफल भएको छ।

काठमाडौं। सत्तारुढ दल नेकपाको पार्टी एकताको बाँकी काम सहमतिबाटै टुंग्याउने जनाएको छ। भोलिका दिनमा कुनै समस्या नहुने गरी सहमतिकासाथ पार्टी एकता टुंग्याउने विषयमा शीर्ष नेताबीच छलफल भएको छ। त्यसो त नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड, पोलिब्यूरो तथा विभागहरु गठन चाँडै टुंग्याउने गरी छलफल अगाडि बढेको थियो।तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा आफूहरुबीच आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेपछि पार्टी राजनीतिमा तरंग उत्पन्न भएको छ। जसको असर एकताको बाँकी काममा पनि देखिएको छ।

पार्टी एकताको बाँकी काम टुंग्याउने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार बस्दै छ। शनिबार बस्ने भनिएको बैठक नेताहरूको कार्यव्यस्तताका कारण देखाएर सोमबारका लागि सारिएको हो। सचिवालय बैठकमा पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटको विषय नै प्रमुख एजेण्डाका रूपमा रहने स्रोतले जनाएको छ ।नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनभन्दा पहिले केन्द्रीय सदस्यहरूको कार्य्विभाजनको काम सक्नेगरी सचिवालयमा छलफल चलाउने तयारीमा शीर्ष नेताहरू छन्। ‘सकियो भने सबै विषयहरू अबको सचिवालयमै टुंगो लाग्छन् । नभए केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लाग्न सक्छ,’ नेकपा स्रोतले भन्यो, ‘२–३ दिनसम्म बैठक बसेर भए पनि बाँकी काम टुंगो लगाउने गरी तयारी भइरहेको छ ।’ पोलिब्युरो गठनमा भने सहमति जुट्न सकेको छैन।

नेकपा स्रोतका अनुसार केन्द्रीय कार्यसमितिको कार्य विभाजनका विषयमा गृहकार्य सकिएको छ। सचिवालय बैठकमा सामान्य छलफल गरी मंंगलबार अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ।पोलिटब्युरोका विषयमा भने पूर्वएमाले तर्फबाट सदस्य हुनेहरूको सूची तयार भइसकेको बताइन्छ । पूर्वमाओवादीमा भने विवाद देखिएको छ । दाहालले आप्mना तर्फबाट सदस्यहरूको नाम दिन नसक्दा पोलिटब्युरो गठनमा ढिलाइ भइरहेको स्रोतले बतायो ।नेकपामा कुल केन्द्रीय सदस्यको एकतिहाइ नबढ्ने गरी पोलिटब्युरो गठन गर्नुपर्ने प्रावधान छ । पूर्वमाओवादीतर्फ रामबहादुर थापालगायत नेताहरू आफ्नो गुट बनाउन सक्रिय रहेकाले पनि समस्या उत्पन्न भएको केही नेताहरू बताउँछन् ।प्रदेश, जिल्ला र जनवर्गीय संगठनको नेतृत्व चयनको टुंगो लगाए पनि नेकपाभित्र अझै असन्तुष्टि कायमै छ । त्यतिबेला नै घोषणा गर्ने भनिएको पोलिटब्युरो अन्तिम समयमा आएर आन्तरिक विवादकै कारण स्थागित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली
यस्तो छ प्रधानमन्त्री देउवाले छानेका ३० मन्त्रीहरुको नामावली
जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…
जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…