नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

सारांश

  • सुर्खेत, १८ चैत ।
  • राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।
  • यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ ।

सुर्खेत, १८ चैत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।

यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताँै दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गर्नुभयो । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भन्नुभयो, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”

यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नै नपाउने गरेको दुखेसो गर्नुभयो । दलालले मात्रभित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भन्नुभयो, “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रु भन्दा कार्गो लिँदा दोब्बर फाइदा हुने भएकाले उनीहरुले यात्रुलाई नलिने गरेको उहाँको आरोप छ ।

हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको बताउनुभयो । “डेढ महीनादेखि यात्रु जान पाएका छैनन्”, उहाँले भन्नुभयो, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”

हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रु आवतजावतमा समस्या भएको अध्यक्ष लामाको भनाइ थियो । विमानस्थलमा प्रहरीले पनि यात्रुप्रति अभद्र व्यवहार गर्दै आएको यात्रुले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।

यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण यो समस्या आएको राससलाई बताउनुभयो । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ”, प्रमुख कार्कीले भन्नुभयो, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन । लुक्ला खुलेकाले पनि अभाव बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आन्तरिक राजश्व शुल्क घट्यो
आन्तरिक राजश्व शुल्क घट्यो
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
न्यूनतम साझा कार्यक्रमकै आधारमा जसपा सरकारमा सहभागि हुने
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त
कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा
एमाले–माओवादी एकता कांग्रेसले थेग्न सक्दैन : डा शेखर कोइरा
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की

तपाईंले छुटाउनुभयो कि?