ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

सारांश

  • पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ ।
  • समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो ।
  • मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले जानकारी दिनुभयो ।

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो ।मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले जानकारी दिनुभयो । “सो प्रशिक्षणले समाजमा सूर्ती र मदिराजन्य लत घटाई बौद्धिकता विकासमा जोड दिने विश्वास लिएका छौँ”, पुरीले भन्नुभयो, “१५ दिनअघिदेखि शुरु गरिएको सो सङ्गीत प्रशिक्षणमा सबै उमेर समूहका २५ जना व्यक्तिले प्रारम्भिक चरणको सुरताल सिकिरहनुभएको छ ।” उक्त सङ्गीत प्रशिक्षण ती व्यक्तिले चाहेका अवधिसम्म सञ्चालन गरिने बताइएको छ ।

सङ्गीत प्रशिक्षणमा पाँच ताल सिकाउने गरिएको सांस्कृतिक संस्थानका सङ्गीत प्रशिक्षक तथा सो सङ्घका कार्यसमितिका सदस्य नरसिंहलाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “प्रशिक्षणमा करुवा, दादरा, रुपक, झपताल र श्रीतालजस्ता सबै सिकाउने योजना बनाएको छु । साँझ ५ बजेदेखि ७ बजेसम्म पाटन दरबार परिसरमा सङ्गीतको गुञ्जयमान हुने गरेको छ ।” करीब दुईघण्टे सो तालीममा नौदेखि ५६ वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाइरहेको सो सङ्घका संयोजक ज्ञानराजा श्रेष्ठले बताउनुभयो ।

“सङ्गीत प्रशिक्षणमा बढीजसो विद्यार्थी र थोरै मात्रामा सेवाबाट अवकाशप्राप्त व्यक्तिले पनि भाग लिइरहनुभएको छ”, श्रेष्ठले भन्नुभयो, “सङ्घले पहिलो पटक आयोजना गरेको सो प्रशिक्षण राम्रो हुँदै गयो भने पछि अरुलाई पनि सिकाउने योजना बनाएका छाँै ।” हालसम्म सङ्घले सङ्गीत प्रशिक्षणमा केवल हार्मोनियम बजाउन सिकाइरहेको छ ।सङ्घ कार्यसमितिका सदस्य श्रेष्ठले पाटन दरबार परिसरका अलावा न्ह कहेद्या गुठीअन्तर्गत ललितपुरका प्रसिद्ध स्थान हरिसिद्धि र लूभूमा पनि शाही भजन सिकाउने गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “मङ्गलबजारको भिन्द्यो लाछीमा ४० जना व्यक्तिलाई महीनावारी पारिश्रमिक लिएर प्रारम्भिक सङ्गीत प्रशिक्षणका अलावा लोक तथा आधुनिक पनि सिकाइरहेको छु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले
साउन २९ गते बुधबारको राशिफल यस्तो छ
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
बस दुर्घटनाका घाइते भएका ८१ घाइते उपचारपछि घर फर्के
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
काठमाडौं विमानस्थलमा ५ करोडको कोकिन!
काठमाडौं विमानस्थलमा ५ करोडको कोकिन!
रक्सी खान नपाउने भए श्रीलंकन !
रक्सी खान नपाउने भए श्रीलंकन !

तपाईंले छुटाउनुभयो कि?