लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’

सारांश

  • तीज धेरै दिन बाँकी रहे पनि तीज लक्षित गीत बनाउनेहर भने अहिलेदेखि तात्तिन थालेका छन् ।
  • अहिले हरेक दिनजसो रेकर्डिङ स्टुडियोमा तीज गीतको रेकर्ड गर्ने, म्यूजिक भिडियो बनाउने र सार्वजनिक गर्ने क्रमले तिव्रता पाएको छ ।
  • नाम चलेकादेखि नामै नसुनिएकासम्मका लोक गायकगायिका यतिबेला धमाधम तीज बनाइरहेका छन् ।

तीज धेरै दिन बाँकी रहे पनि तीज लक्षित गीत बनाउनेहर भने अहिलेदेखि तात्तिन थालेका छन् । अहिले हरेक दिनजसो रेकर्डिङ स्टुडियोमा तीज गीतको रेकर्ड गर्ने, म्यूजिक भिडियो बनाउने र सार्वजनिक गर्ने क्रमले तिव्रता पाएको छ । नाम चलेकादेखि नामै नसुनिएकासम्मका लोक गायकगायिका यतिबेला धमाधम तीज बनाइरहेका छन् ।

यसै क्रममा चर्चित लोकगायिका तथा मोडल लक्ष्मी आचार्य पनि एउटा तीज लिएर सांगीतिक बजारमा देखा परेकी छिन् । ‘फुंगालेर माइती देश’ बोलको उनको तीज गीतमा बिष्णु न्यौपानेको शव्द तथा संगीत रहेको छ । गीतमा गायिका लक्ष्मी आफैले छमछमी कम्मर मर्काएकी छिन् ।

गायिका आचार्यले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतमा करण चैसिरको छायांकन, प्रविन भट्टको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ । उत्तम कुमार कार्की यो गीतको म्यूजिक भिडियोको डिनाइनर हुन् ।

भिडियो हेर्न यता क्लिक गर्नुस्

यो पनि पढ्नुस्
नाँच बलिए ९ मा अनिता हसन्दानी पनि
टेलिभिजनमा चलेकी अभिनेत्री अनिता हसन्दानी डान्स रियालिटी शो’ नाँच बलिए ‘को सिजन ९ मा आउने भएकी छिन । यो शोमा अनिता आफ्नो पति रोहित रेडिको साथमा देखिने भएकी छिन् । मिडियामा आइरहेको खबर अनुसार’ नाँच बलिए ९’ को हिस्सा बन्न अनिताले टन्नै रकम लिएकी छिन् ।

एक रिपोर्ट अनुसार टन्न पाएको रकमका कारण अनिताले यो शोका लागि नाई भन्न सकिनन् र उनले तुरुन्तै सहमति जनाइन् । उनी यो शोको सबैभन्दा धेरै रकम पाउने प्रतियोगी हुन । सलमान खानको यो शो चाँडै सुरु हुने भएको छ र ओपेनिङ एपिसोडमा रणवीर सिंह र दीपिका पादुकोण जस्ता बहुचर्चित स्टार पनि उपस्थित हुने भएका छन् ।

एकता कपूर को शो नागिन ३ मा धूम मचाउने अनितालाई अघिल्लो सिजनमा पनि उनले पाएको उच्च पारिश्रामिकका कारण शोमा सहभागिता जनाउन तयार भइन् । शोमा सहभागि हुन आफु निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफुलाई डान्स एकलदमै मन पर्ने र पहिले देखि नै ‘नाँच बलिए ‘को हिस्सा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?