प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
सारांश
- काठमाडौं।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांैडानै हुने दावी गरेका छन्।
- अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौंडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांैडानै हुने दावी गरेका छन्। अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौंडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे। चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो गृह जिल्ला मात्र नभई राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको बताए
। अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौंडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क गरे। अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै सरकारले दोषीमाथि कडा कार्वाही गर्नुपर्ने पार्टीको माग पनि दोहोर्याए।
प्रतिक्रिया