स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ४, २०७९
|
|
२१ पटक हेरिएको
Shares
स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

सारांश

  • पोखरा।
  • स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ।
  • वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो।

पोखरा। स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो। जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे।
जीपमा ११ जना सवार थिए। तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ। घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ। मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ।[image: Accident-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?