बिनोद भण्डरीको अर्ध शतकमा मलेसियालाई १७४ को लक्ष्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बिनोद भण्डरीको अर्ध शतकमा मलेसियालाई १७४ को लक्ष्य

सारांश

  • आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्सको तयारीमा रहेको नेपाली टोली अहिले मलेसियामा छ ।
  • नेपाली टोलीले मलेसियासँग ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेल खेलिरहेको छ ।
  • दुई टी–ट्वेन्टी मध्येको शनिबार भएको पहिलो खेलमा जित निकालेको नेपाली टोलीले आइतबार दोस्रो खेल खेलिरहेको छ।

आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्सको तयारीमा रहेको नेपाली टोली अहिले मलेसियामा छ ।

नेपाली टोलीले मलेसियासँग ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेल खेलिरहेको छ । दुई टी–ट्वेन्टी मध्येको शनिबार भएको पहिलो खेलमा जित निकालेको नेपाली टोलीले आइतबार दोस्रो खेल खेलिरहेको छ।

पहिले ब्याटिङ्ग गरेको नेपाली टोलीले मलेरियालाई १७४ रनको लक्ष्य दिएको छ । नेपाली टोलीले ६ विकेटको क्षतिमा १७३ रन बनाएको हो । नेपालका लागि विनोद भण्डारीले नटआउट ५१ रन बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् ।

यस्तै शरदभेषवाकरले २८ बलमा ४० रन बनाए । नेपालका कप्तान पारस खड्काले १९ बलमा २३ रन बनाए । शनिबार भएको पहिलो खेलमा उनले नटआउट ८६ रनको योगदान दिएका थिए ।

मलेसियामा अभ्यास गरेर नेपाली टोली त्यतैबाट सिंगापुर जानेछ । आइसिसी वर्ल्ड ट्वेन्टी–ट्वेन्टी क्वालिफायर एसिया फाइनल्स जुलाई २० देखि २९ सम्म सिंगापुरमा हुँदैछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बन्सत रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी र सन्दीप लामिछाने रहेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अविनाश बोहोरा, रोहित कुमार पौडेल र पवन सराफ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?