मिलेर वाम, कब्जा गर्दै दाङ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
मिलेर वाम, कब्जा गर्दै दाङ

सारांश

  • दाङ, मंसिर २३ –दाङका ३ वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
  • दाङको क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी ९ हजार ८ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसकी सुशिला चौधरीले ६ हजार २१ मत ल्याउनुभएको छ ।
  • यस्तै क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा २७ हजार ७ सय १० मतसहित अगाडि हुनुहुन्छ भने कांग्रेसका राजु खनालले १८ हजार २ सय ८७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

दाङ, मंसिर २३ –दाङका ३ वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । दाङको क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी ९ हजार ८ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसकी सुशिला चौधरीले ६ हजार २१ मत ल्याउनुभएको छ ।
यस्तै क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा २७ हजार ७ सय १० मतसहित अगाडि हुनुहुन्छ भने कांग्रेसका राजु खनालले १८ हजार २ सय ८७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी १७ हजार ५ सय ६९ मतसहित अगाडि हुनुहुन्छ । कांग्रेसका दीपक गिरीले १३ हजार २ सय १ मत सहित महरालाई पछ्याइरहनुभएको छ ।
दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा क मा एमालेका शंकर पोख्रेल विजयी हुनुभएको छ । यस्तै क्षेत्र नम्बर २ को ख मा एमालेकै अमरसिंह डाँगी विजयी हुनुभयो ।
क्षेत्र नम्बर १ को प्रदेशसभा क मा माओवादीका इन्द्रजित थारु अघि हुनुहुन्छ भने १ को ख मा एमालेका रेवतीरमण शर्मा अघि हुनुहुन्छ । क्षेत्र नम्बर ३ को क मा भने कांग्रेसका डिल्ली बहादुर चौधरी अघि हुनुहुन्छ । तर क्षेत्र नम्बर ३ को प्रदेशसभा ख मा भने एमालेका उत्तरकुमार वली अघि हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?