हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान

सारांश

  • नेपालगञ्ज ।
  • केन्द्रीय हज कमिटीका अध्यक्ष सुहेब अहमद र अन्य पदाधिकारीको बदमासीका कारण बाँकेका १० जना हो वर्ष मक्कामदिनामा हज गर्न जान नपाउने भएका छन् ।
  • आवश्यक सबै प्रक्रिया पूरा गरी फिंगर प्रिन्ट र रकमसमेत बुझाइसकेको अवस्थामा उनीहरू मक्कामदिना जान नपाउने भएका हुन् ।

नेपालगञ्ज । केन्द्रीय हज कमिटीका अध्यक्ष सुहेब अहमद र अन्य पदाधिकारीको बदमासीका कारण बाँकेका १० जना हो वर्ष मक्कामदिनामा हज गर्न जान नपाउने भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरी फिंगर प्रिन्ट र रकमसमेत बुझाइसकेको अवस्थामा उनीहरू मक्कामदिना जान नपाउने भएका हुन् ।

बाँकेबाट हज गर्न यो वर्ष एक सय २० जनाले आवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गत वर्षदेखि हज गर्न जान आवेदन दिएर पालो कुरेर बसेका ८१ जना र यो वर्ष आवेदन दिएकामध्येबाट २७ जना छनोट भएका थिए । उनीमध्ये १० जनाको नाम अन्तिम समयमा आएर कटौती गरियो ।

हजका लागि आवेदन दिने बेलामा राहदानी, आवेदन फाराम र एक लाख रुपैयाँ केन्द्रीय हज कमिटीमा जम्मा गर्ने नियम छ । ‘सबै प्रक्रिया पूरा गरेर आफन्त तथा इष्टमित्रसँग शुभकामना आदानप्रदान गरी विदावारी भएर काठमाडौं पुग्दा १० जनालाई फिर्ता गरियो’, पूर्वकेन्द्रीय हज कमिटीका अध्यक्ष मौलाना अब्दुल जब्बार मञ्जरीले भने, ‘यो सरासर बदमासी हो ।’

हज जान नपाउनेलेले जम्मा गरेको सो रुपैयाँको न ब्याज पाउँछन् न त कुनै छुट नै । जम्मा गरिएको पैसा फिर्ता लिन पनि लामो र झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्छ । इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक पवित्र कार्यमध्येको एक हजयात्रा हो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?