मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ

सारांश

  • काठाडाै, २  साउन ।
  • मुखभित्र सुन लुकाएर ल्याएका दुई जना भारतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ ।
  • उनीहरुको साथबाट प्रहरीले २ सय ५५ ग्राम सुन बरामद गरेकाे हाे ।

काठाडाै, २  साउन । मुखभित्र सुन लुकाएर ल्याएका दुई जना भारतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ । उनीहरुको साथबाट प्रहरीले २ सय ५५ ग्राम सुन बरामद गरेकाे हाे । मंगलबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।विमानस्थल भित्र केही नबोली इशाराको भरमा निस्किएको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

अहमदबाट एक सय १६ र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । दुबै जनाले सुनका टुक्रा मुखभित्र लुकाएर ल्याएका थिए ।पक्राउ परेका दुबै जनाबारे आवश्यक अनुसन्धानपछि राजश्व विभागमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?