गृहमन्त्री बादलले भनेका सुनकाण्डमा मुछिएका उच्च तहका व्यक्ति को होलान्!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १४ असार- ३३ किलो सुन प्रकरणमा उच्च तहका व्यक्ति तानिने भएका छन् ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा आएको बताएका छन् ।
  • तर, ती उच्च तहका भनिएका व्यक्ति को हुन् भन्ने गृहमन्त्री थापाले खुलाएनन् ।

काठमाडौं, १४ असार- ३३ किलो सुन प्रकरणमा उच्च तहका व्यक्ति तानिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा आएको बताएका छन् ।

तर, ती उच्च तहका भनिएका व्यक्ति को हुन् भन्ने गृहमन्त्री थापाले खुलाएनन् । अनुसन्धानकै क्रममा रहेकाले भन्न नमिल्ने बताए ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिका छलफलका क्रममा जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन जारी रहेकाले छिटोभन्दा छिटो विस्तृत जानकारी आउने बताए । सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नतामा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएको बताए ।

‘भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ’, मन्त्री बादलले भने,’तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।’

कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाए पनि जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?