रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
१७ पटक हेरिएको
Shares
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने

सारांश

  • चितवन, पुस १२ ।
  • नारायणगढ–मुग्लिन सडकखण्ड आउँदो हप्तादेखि रातको समयमा बन्द हुने भएको छ ।
  • बुधबार चितवनमा बसेको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

चितवन, पुस १२ । नारायणगढ–मुग्लिन सडकखण्ड आउँदो हप्तादेखि रातको समयमा बन्द हुने भएको छ । बुधबार चितवनमा बसेको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरेर काम गर्न दिनुपर्ने माग गर्दै आएका थिए । त्यसै अनुरुप आज बसेको बैठकले देशको बाँकी भागका बासिन्दा राजधानी काठमाडौं आउ जाउ गर्ने मुख्य सडक भएका कारण यात्रुलाई ठूलो मर्का नपर्ने गरेर गाडी रोक्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

बैठकमा बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

सन् २०१५ को अप्रिलदेखि सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सुरु भएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Keshar Sejuwal

    Oky bat this rod vire vire koile fines this rad working-

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?