उच्च अंक ल्याएपनि गरिबीले छेक्यो उच्च शिक्षा लिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
उच्च अंक ल्याएपनि गरिबीले छेक्यो उच्च शिक्षा लिन

सारांश

  • कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए।
  • लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए।
  • झिमरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्।

कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए। लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए।

झिमरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्। सयौँ विद्यार्थीलाई उछन्दै उनी गाउँपालिकाकै बढी जीपीए ल्याउने दोस्रो विद्यार्थी बने। शिक्षकका अनुसार बाल्यकालदेखि नै उनी पढाइमा लगनशील थिए। प्रतिशतमा हेर्दा उनले एसईईमा ८८ दशमलव ७५ प्रतिशत ल्याएका छन्।

विज्ञान विषय पढेर उनको डाक्टर बन्ने सपना छ। घरको आर्थिक अवस्था कमजोर भए पनि उनी राम्रो अंक ल्याएर उर्तीण भए। गरिबीका कारण जिसीको उच्च शिक्षा पढ्ने सपना अधुरै छ। आफूसँगै एसईई उत्तीर्ण गरेका साथीभाई विद्यालय भर्ना भएर पढाइलाई अघि बढाइसके। खाली समयमा धेरै साथीसंगीले ‘व्रिजकोर्स’ समेत पुरा गरे।

उनी घरमै एसईईको मार्कसिट हेरेरै दिन बिताएका छन्। तीन भाइबहिनी मध्ये उनी जेठो छोरा हुन्। आमाले पाँच वर्षअघि दोस्रो विवाह गरिन्। बुवा धर्मेन्द्र बहादुर जिसी अपांग छन्। उनी बोल्न सक्दैनन्। गाउँमा मजदुरी गरेर जीविका चलाएका छन्।

माध्यमिक तहसम्मको पढाइ जसोतसो छात्रवृतिमा पढेपनि उच्च शिक्षा पढ्न उनलाई सकस परेको छ। ‘नातीलाई पढाउन सकिएन’,५८ वर्षीय हजुरआमा निमा जिसीले भनिन्, ‘पढ्नमा राम्रो भएर के गर्नु पैसा नभएपछि।’ हजुरबुवाको तीन वर्ष अघि नै निधन भयो। सागरलाई उच्च शिक्षा पढ्न कसैले साथ दिएनन्।

१५ वर्षका उनले राम्रोसँग पढन पाए गाउँको नाम राख्ने लक्ष्य रहेको सुनाउँछन्। ‘मेरो पढाइमा कसैको साथ पाए ध्यान दिएर पढेर लक्ष्य पुरा गरेरै छाड्छु।’ आफूसितका साथीहरु काठमाण्डौँ, बुटवल, दाङ, नेपालगञ्ज लगाएत शहरका राम्रा कलेजमा भर्ना भइसकेको उनले सुनाए। यो समाचार केशर रोक्काले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

साउन ३ गते शुक्रबारको राशीफल यस्तो छ
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने भयछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुव्ने भयछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । परिवारिक सद्भाव बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अचल सम्पत्ति हात पर्ने योगछ । आर्थिक वृद्धि हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त संग भेट घाट हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
करिब १४९ वर्षपछि अदभूत खण्डग्रास चन्द्रग्रहण लागेको छ । नेपाली समय अनुसार १ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार करिब दुई घन्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लागेको थियो । १ बजेर ४६ मिनेटमा सुरु भएको खण्डग्रास चन्द्रग्रहणले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाकेको थियो ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ । भारतमा चन्द्रग्रहण २ बजेर ४६ मिनेटमा मध्य अवस्थामा पुगेको थियो । उक्त समयमा सबैभन्दा स्पष्ट चन्द्रग्रहण थियो । भारतमा ४ बजेर १५ मिनेटमा समाप्त भयो । चन्द्रग्रहण दक्षिण एशिया, अष्ट्रेलिया, यूरोप र दक्षिण अमेरिकाबाट देख्न सकिनेछ ।

खगोलविद्हरुले यो चन्द्रग्रहणलाई अदभूत भनेका छन् । गुरु पूर्णिमाकै दिन चन्द्रग्रहण पर्नु संयोग पनि भएको छ । निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेकेको हिजोकै दिन हो । आजभन्दा ठीक ५० वर्ष अघि पहिलोपटक चन्द्रमामा मानव पाइला परेको थियो । हिन्दु धर्ममा चन्द्रग्रहणका क्रममा सुतक परेको मानिन्छ । यस समयमा शुभकार्य गर्न नहुने धार्मिक धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने
जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने
North Korea criticises ‘alarming’ US behaviour
North Korea criticises ‘alarming’ US behaviour
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
ढिलासुस्तीले थलिए सडक योजना
ढिलासुस्तीले थलिए सडक योजना
French hotels, restaurants look to migrants to fill 100,000 jobs
French hotels, restaurants look to migrants to fill 100,000 jobs
आत्मविश्वासी विद्या
आत्मविश्वासी विद्या
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन

तपाईंले छुटाउनुभयो कि?