ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा

सारांश

  • काठमाडौं, २ असोज ।
  • ओरिजिनल इन्टरटेनमेन्ट प्रा.
  • लि.

काठमाडौं, २ असोज । ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि. (ओइपिल) अन्तर्गत सञ्चालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले सफलतापूर्वक दोस्रो वर्षमा प्रवेश गरेका छन् । यी दुबै च्यानलले आफ्नो प्रसारणको एक बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेका हुन् ।

बि.सं. २०७४ साल असोज १ गते विश्वकर्मा पूजाको पवित्र अवसर पारेर यी दुई च्यानलहरु प्रसारणमा आएका थिए । नेपाली मनोरञ्जन क्षेत्रलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालनमा ल्याइएको रमाइलो टिभी एचडी च्यानल नेपालको एकमात्र मनोरञ्जनात्मक च्यानलका रुपमा अगाडि बढेको छ । यो च्यानलबाट सम्पूर्ण नेपाली मनोरञ्जनप्रेमी दर्शक तथा कलाकर्मीहरु लाभान्वित भएका छन् र सबै नेपालीको मन जित्दै आएको छ ।

खेलकुद क्षेत्रलाई मात्र समेटेर विशुद्ध खेल च्यानलका रुपमा स्थापित भएको छ, एक्सन स्पोर्टस् टिभी । एक्सन स्पोर्ट्स च्यानलले स्वदेश तथा विदेशमा हुने विभिन्न खेलकुदहरुलाई प्राथमिकताका साथ प्रसारण गरेर घरघर र कोठाकोठालाई स्टेडियम बनाइदिएको छ र नेपाली दर्शकहरुले घरमै बसेर खेलको स्वाद लिइरहेका छन् ।

यी दुबै टेलिभिजन च्यानलहरु प्रसारणमा आएको छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्न सफल भएका छन् । खेलप्रेमीहरु र कला तथा मनोरञ्जनका पारखीहरुको आफ्नो च्यानलको रुपमा यो एक वर्षमा स्थापित भएका छन् ।

यी दुबै च्यानलहरुले एक बर्ष पूरा गरेको अवसरमा असोज १ गते विश्वकर्मा पूजाको दिनमा यी दुबै च्यानलहरुको बार्षिकोत्सव मनाइएको छ । बार्षिक कार्यक्रमको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले शुभकामना दिँदैं छोटो समयमा सफलता हासिल गरेकोमा दुबै च्यानललाई बधाई दिनुका साथै आगामी दिनमा अझ परिस्कृत रुपमा अगाडि बढ्नेमा आशावादी रहेको बताएका थिए । त्यसैगरी ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जनात्मक क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुबै च्यानलाई स्थापित गर्ने बताएका थिए । कार्यक्रममा ओइपिएलका सबै कर्मचारी र डिसमिडिया नेटवर्कका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?