लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश क्लब लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टुरेजलाई इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रतिबन्ध लगाएको छ ।
  • एफएले आफ्नो बेटीङ नियम उलंघन गरेको भन्दै २९ बर्षे स्टुरेजलाई २ हप्ता फुटबलमा प्रतिबन्ध लगाएको छ ।

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टुरेजलाई इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रतिबन्ध लगाएको छ । एफएले आफ्नो बेटीङ नियम उलंघन गरेको भन्दै २९ बर्षे स्टुरेजलाई २ हप्ता फुटबलमा प्रतिबन्ध लगाएको छ । यस्तै एफएले स्टुरेजलाई ७५ हजार डलर जरिवाना समेत गरेको छ । फुटबलमा दुई हप्ताको प्रतिबन्धमा परेसँगै अब स्टुरेजले ३१ जुलाईसम्म फुटबल गतिविधि गर्न पाउने छैनन् । एफएको छानविन समितिले इन्ग्लिश फरवार्ड स्टुरेजले नियम उलंघन गरेको प्रमाण फेला पारेको जनाएको छ ।

बिमला तामाङ प्रकरणः सञ्जेल पत्नीसहित तीनैजनासँग धरौटीमा छुटे
समता अस्पतालमा असारको पहिलो साता त्यहीँ काम गर्ने कर्मचारी झुन्डिएको अवस्थामा फेला परिन्। समता सन्चालक उत्तम सन्जेल विवादको उत्कर्षमा पुगे । मृतक विमला तामाङले समता अस्पतालमा काम गर्न थालेको एक महिना २१ दिन मात्र भएको थियो। प्रहरीको प्रारम्भिक निष्कर्ष थियो – हत्या भएजस्तो देखिँदैन।

मृतकका आफन्तले अस्पतालमा नारावाजी गर्दै विमलाले आत्महत्या गरेको नभई उनको हत्या भएको आरोप लगाउँदै सन्चालक सन्जेल र उनकी पत्नी कलासहितलाई कडा कारबाही हुनुपर्ने माग गरे।

तीव्र विरोध प्रदर्शनबीच प्रहरीले सन्जेल दम्पतीसहित अस्पतालमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो। उत्तमविरुद्ध मुद्धा नचलाइए पनि कला र अन्य दुई जना कर्मचारीलाई म्याद थपेर अनुसन्धान गरियो।

गत साता गौशाला प्रहरी वृतले सरकारी वकिलमार्फत अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनको निष्कर्श थियोः विमलाले आत्महत्या नै गरेकी हुन्।

तर उनले आत्महत्या गर्नुअघि तलबका विषयमा विमला र अस्पतालका कर्मचारीबीच विवाद भएको अनुसन्धानले देखायो। विमलाले दुई महिनाको तलब मागेपनि अस्पतालले आलटाल गरेको र यहि कारण विमला आत्महत्यासम्म पुगेको अनुसन्धानको संकेत थियो।

सरकारी वकिल कार्यालयले आत्महत्या गर्न प्रेरित गरेको कसुरमा अभियोग पत्र तयार गर्दै मुद्धा पेश र्गयो। काठमाडौं जिल्ला अदालतले बुधबार तीनै जनासँग जनहीँ ३ लाख रुपैयाँ धरौटी माग्यो। तत्काल पैसा जम्मा गर्न नसकेपछि उनीहरु एक राता कारागार बसेर बिहीबार छुटेका छन्।

मुलुकी अपराध संहिताले आत्महत्या गर्ने प्रेरित गर्ने कसुरको व्यवस्था गर्दै अधिकतम पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ।

उच्च अंक ल्याएपनि गरिबीले छेक्यो उच्च शिक्षा लिन
कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए। लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याए।

झिमरुक क्षेत्रमा माध्यामिक तहका ९ वटा सामुदायिक विद्यालय छन्। सयौँ विद्यार्थीलाई उछन्दै उनी गाउँपालिकाकै बढी जीपीए ल्याउने दोस्रो विद्यार्थी बने। शिक्षकका अनुसार बाल्यकालदेखि नै उनी पढाइमा लगनशील थिए। प्रतिशतमा हेर्दा उनले एसईईमा ८८ दशमलव ७५ प्रतिशत ल्याएका छन्।

विज्ञान विषय पढेर उनको डाक्टर बन्ने सपना छ। घरको आर्थिक अवस्था कमजोर भए पनि उनी राम्रो अंक ल्याएर उर्तीण भए। गरिबीका कारण जिसीको उच्च शिक्षा पढ्ने सपना अधुरै छ। आफूसँगै एसईई उत्तीर्ण गरेका साथीभाई विद्यालय भर्ना भएर पढाइलाई अघि बढाइसके। खाली समयमा धेरै साथीसंगीले ‘व्रिजकोर्स’ समेत पुरा गरे।

उनी घरमै एसईईको मार्क्सिट हेरेरै दिन बिताएका छन्। तीन भाइबहिनी मध्ये उनी जेठो छोरा हुन्। आमाले पाँच वर्षअघि दोस्रो विवाह गरिन्। बुवा धर्मेन्द्र बहादुर जिसी अपांग छन्। उनी बोल्न सक्दैनन्। गाउँमा मजदुरी गरेर जीविका चलाएका छन्।

माध्यमिक तहसम्मको पढाइ जसोतसो छात्रवृतिमा पढेपनि उच्च शिक्षा पढ्न उनलाई सकस परेको छ। ‘नातीलाई पढाउन सकिएन’,५८ वर्षीय हजुरआमा निमा जिसीले भनिन्, ‘पढ्नमा राम्रो भएर के गर्नु पैसा नभएपछि।’ हजुरबुवाको तीन वर्ष अघि नै निधन भयो। सागरलाई उच्च शिक्षा पढ्न कसैले साथ दिएनन्।

१५ वर्षका उनले राम्रोसँग पढन पाए गाउँको नाम राख्ने लक्ष्य रहेको सुनाउँछन्। ‘मेरो पढाइमा कसैको साथ पाए ध्यान दिएर पढेर लक्ष्य पुरा गरेरै छाड्छु।’ आफूसितका साथीहरु काठमाण्डौँ, बुटवल, दाङ, नेपालगञ्ज लगाएत शहरका राम्रा कलेजमा भर्ना भइसकेको उनले सुनाए। यो समाचार केशर रोक्काले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?