तीन खेलमा सन्दिपका तीन किर्तिमान !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
तीन खेलमा सन्दिपका तीन किर्तिमान !

सारांश

  • काठमाडौँ, २१ असोज ।
  • मलेसियामा जारी टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिता खेलिहेको नेपालको विजयी यात्रा कायमै छ ।
  • नेपालको सुखद यात्रा जारी रहँदा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले भने हरेक खेलमा राष्ट्रिय किर्तिमान बनाइरहेका छन् ।

काठमाडौँ, २१ असोज । मलेसियामा जारी टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिता खेलिहेको नेपालको विजयी यात्रा कायमै छ । नेपालको सुखद यात्रा जारी रहँदा नेपाली युवा स्पिनर सन्दिप लामिछानेले भने हरेक खेलमा राष्ट्रिय किर्तिमान बनाइरहेका छन् ।

म्यानमार विरुद्ध भएको खेलमा उनले मात्र ३ रन खर्चेर ४ विकेट लिए । जुन २० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । जसकारण विपक्षि २९ रन मात्र बनाएर अलआउट भयो र नेपालले उक्त खेल ८ विकेटले जित्यो ।


तर उनको त्यो किर्तिमान दुई दिनभन्दा बढी रहन सकेन । बुधबार बनाएको किर्तिमान शनिबार मलेसिया विरुद्ध खेल्दा सन्दिप आफैले भङ्ग गरे । विपक्षिलाई १०० रन मै रोक्ने क्रममा सन्दिप एक्लैले ५ विकेट लिए । मात्र २० रन खर्चेर ५ विकेट लिनु नेपाली क्रिकेटको इतिहासमा किर्तिमान बन्यो । उक्त खेल पनि नेपालले विकेटले जितेको थियो ।

दुई खेलमा दुई किर्तिमान र लगातार म्यान अफ दि म्याच अवार्डबाट सम्मानित भएपछि तेस्रो खेलमा सन्दिपको प्रदर्शन बारे सबैले चासो दिएका थिए । आइतबार भएको थाइल्याण्ड विरुद्धको खेलमा उनले फेरी अर्को जादु देखाए । ६ विकेट लिन त सकेनन् तर उनले पाँच विकेट लिएर मात्र ८ रन खर्चिनु अर्को किर्तिमान बन्यो । उनले अघिल्लो खेलमा बनाएको आफ्नो किर्तिमान पुनः आफैले भङ्ग गरे । यद्यपी वर्षाका कारण खेल अवरोध नभएका भए उनलाई ६ विकेट लिने राम्रो मौका थियो ।


सन्दिप यतिबेला प्रतियोगिताको सबै भन्दा बढी विकेट लिने खेलाडीको सूचीमा शिर्ष स्थानमा छन् । उनले तीन खेलमा १४ विकेट लिइसकेका छन् । भने दोस्रो स्थानमा रहेको खेलाडी ६ विकेटले पछाडी छ ।

केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी ले सबै देशलाई टि ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता दिएपछि सबै खेलहरु त्यसै अनुसार खेलिएका छन् । नेपालले अब भुटान, सिङ्गापुर र चीनसँग खेल्न बाकीँ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?