सबैलाई मिलाएर अघि बढ्नुस् : ‘अध्यक्ष प्रचण्ड’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सबैलाई मिलाएर अघि बढ्नुस् : ‘अध्यक्ष प्रचण्ड’

सारांश

  • काठमाडौं ।
  • पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई सबैलाई मिलाएर अघि बढ्न निर्देशन दिएका छन् ।
  • अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘यसपटक हामीले संगठनको क्षेत्रमा नयाँ प्रयोग गर्न खोजेका छौं ।

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई सबैलाई मिलाएर अघि बढ्न निर्देशन दिएका छन् ।

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘यसपटक हामीले संगठनको क्षेत्रमा नयाँ प्रयोग गर्न खोजेका छौं । तपाई क्रान्तिकारी विद्यार्थीहरुले सानदार रुपमा त्यो प्रयोग गरेको छ । संगठनलाई गतिशील बनाउन अब निर्वाचनको दिशामा जानुको बिकल्प छैन । तपाईहरुले गरेको प्रयोगका जोखिम पनि छन् । तपाईहरुले सबैलाई मिलाएर अघि बढ्नुस् र अखिल ९क्रान्तिकारी० लाई जुझारु र गतिशील संगठनका रुपमा स्थापित गर्नुस् ।’

अहङ्कारले नेतृत्व विकास र पार्टीलाई गम्भीर क्षति हुने भएकाले मिलेर अघि बढ्न प्रचण्डले सबैलाई अपील गरे । उनले भने, ‘हिजो आलोक, रबिन्द्र श्रेष्ठहरुले आफूलाई माओवादीको मसिहा ठान्थे । तर, ती टिकेनन् । हामीले व्यक्तिमा होइन, सामूहिकतामा विश्वास गर्नुपर्छ, आफ्नो अहङ्कार त्यागेर सबै मिलेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका थिए भने अध्यक्ष प्रचण्डले निर्वाचित पदाधिकारीलाई विजयको प्रमाणपत्र दिएका थिए । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अखिल (क्रान्तिकारी) लाई माओवादी केन्द्रको हुलाकी बनाएर शैक्षिक रुपान्तरण र राजनीतिमा गतिशील बताए ।

(Alprazolam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kamala Devi Giri

    मारेर मिलाउने हो कि ज्युदै ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?