९ स्थानीय तहको परिणाम आउन बाँकी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
९ स्थानीय तहको परिणाम आउन बाँकी

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ ।
  • अहिलेसम्म सार्वजनिक ३ सय २५ स्थानको परिणाममा एमालेको अग्रता कायमै छ ।

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक ३ सय २५ स्थानको परिणाममा एमालेको अग्रता कायमै छ ।

एमालेले १ सय ४६, कांग्रेसले १ सय १८ र माओवादी केन्द्रले ३८ स्थान जितेको छ । संघीय समाजवादी फोरम ८, लोकतान्त्रिक फोरम ६, राप्रपा ४ तथा राष्ट्रिय जनमोर्चा २ स्थानमा विजयी भएको छ । तीन ठाउँमा स्वतन्त्र उम्मेद्वार चुनिएका छन् ।

पछिल्लो पटक सार्वजनिक परिणाम अनुसार इटहरी उपमहानगरपालिकाको प्रमुखमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी भएका छन । उपप्रमुखमा पनि एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी भएकी छन ।

इटहरीमा प्रमुखका प्रतिस्पर्धी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरे भने उपप्रमुख कि प्रतिस्पर्धी कांग्रेसकै विमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गरिन ।

त्यस्तै, रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका भुषणचन्द्र यादव ३ हजार ३११ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि सोही पार्टीकी भानुमति बनिया ३ हजार २६ मत ल्याई विजयी भएकी छन् ।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका प्रमुखमा एमालेका स्वस्ती थापा ५ हजार ८१८ मत र उपाध्यक्षमा एमालेकै राजकुमारी चौधरी ६ हजार १३१ मत ल्याई विजयी भएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेसका रमेश भुजेल ७ हजार ९९६ र उपाध्यक्षमा एमालेकी मिरा भुर्तेल ७ हजार ४५७ मत ल्याई विजयी भएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?