सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् ।
  • नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् ।

नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाए ।

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गरे । उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”

सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरे ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिए । प्रष्ठिानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवश पोखरेललगायतले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गरे । त्यसैगरी उनले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा श्रीमान् पक्राउ
श्रीमतिलार्इ बलात्कार गरेकाे अाराेपमा श्रीमान् पक्राउ
ओलीको कामप्रति माओवादी किन संशकित भयो?
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?