छैटाैँ राष्ट्रपति रनिङ शिल्ड शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
छैटाैँ राष्ट्रपति रनिङ शिल्ड शुरु

सारांश

  • हुम्ला, २६ चैत ।
  •   जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।
  • प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गर्नुभयो ।

हुम्ला, २६ चैत ।  जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।

सहभागी हुनेमा मानसरोवर उच्च माध्यामिक विद्यालय महादेव, सैपाल बालमन्दिर, रामदेव कैलाश, रलिङ, कर्णाली, सीता, हुम्ला माध्यामिक विद्यालय, हिमज्योति माध्यामिक विद्यालयलगायत रहेका छन् ।

प्रतियोगितामा एथ्लेटिक्सतर्फ १३ वटा समूह, भलिबल प्रतियोगितामा ७७ छात्रा र ७६ छात्र सहभागि छन् । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष विनोद बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?