कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कलर गरिएको कपाल घामबाट कसरी बचाउने ?

सारांश

  • कलर गरिएको कपाललाई गर्मीको समयममा एकदमै ख्याल गर्नुपर्ने हुन्छ ।
  • गर्मी मौसममा लाग्ने कडा घामले कपालमा लगाइएको कलर उड्ने सम्भावना धेरै हुने शौन्दर्यविज्ञहरु बताउँछन् ।
  • तर केही यस्ता टिप्सहरु छन्, जसको पालना गरिएको खण्डमा गर्मीको मौसममा कपालमा गरिएको कलरलाई सजिलै जोगाउन सकिन्छ ।

कलर गरिएको कपाललाई गर्मीको समयममा एकदमै ख्याल गर्नुपर्ने हुन्छ । गर्मी मौसममा लाग्ने कडा घामले कपालमा लगाइएको कलर उड्ने सम्भावना धेरै हुने शौन्दर्यविज्ञहरु बताउँछन् । तर केही यस्ता टिप्सहरु छन्, जसको पालना गरिएको खण्डमा गर्मीको मौसममा कपालमा गरिएको कलरलाई सजिलै जोगाउन सकिन्छ । स्ट्रीक्स प्रोफेनशनल विशेषज्ञ समिर हमदरे र लेज्यून मेडस्पा, बेङ्लोरका छाला विशेषज्ञ सुबा धमानाले गर्मीको मौसममा कलर गरिएको कपाल कसरी हेरचाह गर्ने भन्ने केही उपायहरु बताएका छन् ।

जस अनुसार कलर गरिएको कपालका लागि त्यही चिज प्रयोग गर्नुस् जुन खासगरी कलर गरिएको कपालकै लागि बनाइएको हुन्छ । जस्तै कलर सेफ स्याम्पु, कन्डिसनर, सिरम अथवा एसपीएफ र यूभी प्रोटेक्सन सहित लाइव इन कण्डिसनरको प्रयोग गर्न सकिन्छ । गर्मीको समय बाहिर हिड्दा स्कार्फ वा क्याप लगाएर पनि कलर गरिएको कपाल राम्रोसँग ढाक्नु पर्छ । घामको किरण सिधै कपालमा परेमा कलर गरिएको कपाल विस्तारै फिक्का फिक्का भएर जान्छ ।

कपाल टुक्रिने समस्याबाट बचाउनका लागि चौडा भएको काइयोको प्रयोग गर्नुपर्छ । यदि कपाल सुख्खा छ भने कपालको जरामा मनतातो तेल लगाएर मालिस गर्ने र करिब ४० मिनेटसम्म यतिकै छोडिदिने अनि त्यसपछि कपाललाई धुने, यसो गर्दा पनि गर्मीमा कपालको हेरचाह हुनुका साथै कलर पनि राम्रोसँग बस्छ । यस्तै क्याल्सियम र आइरनको मात्रा बढि भएको खाना खानाले पनि कपाल राम्रो हुन्छ ।

कपालको सुरक्षाका लागि प्रोटिनको पनि ख्याल राख्नुपर्छ । कलर गरिएको कपाल या प्रोसेस्ड ड्यामेजको लागि सल्फेट फ्रि स्याम्पु सबैभन्दा उपयोगी हुन्छ । किनभने यस किशिमको स्याम्पुको प्रयोगले घुम्रिएको बेग्लै खालको कपाल धेरै लामो समयसम्म आफ्नो परिसरमा राख्ने गर्छ ।सल्फेट रहेको स्याम्पु प्रयोग गर्दा कपालमा रहेको चिसोपनालाई सोसेर सुख्खा बनाउँछ । पिर चिन्ता कम लिने र कम्तिमा ८ घण्टा जति सुत्ने गर्नाले पनि कपालको सुरक्षा हुने गर्छ ।

साउन महिनामा शिवको महत्व
साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनका लागि भक्तजन बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका थिए । शिवरात्री, तीज तथा बालाचतुर्दशीमा जस्तै साउने सोमबारका लागि पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ ।

पशुपतिनाथमा दर्शनका लागि पहिलो लाइन गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट जाने व्यवस्था मिलाइएको थियो । त्यस्तै दोस्रो लाइन मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकाबाट, तेस्रो लाइन जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाइन पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दर्शनका लागि भित्र जाने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो महिनाभर पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ।

साउनको पहिलो सोमबार रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको कोषले जानकारी दिएको छ ।

विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धार्मिक मान्यता अनुसार सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ।

साउनको सोमबार वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजनहरु बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने गर्छन् ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?