निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द

सारांश

  • काठमाडौँ,३० कात्तिक ।
  • भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ ।
  • धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौँ,३० कात्तिक । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नोबेम्बर १८ (कात्तिक २ गते) का दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । निर्वाचनलाई लक्षित गरी आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुला उक्त निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?