देउवा सरकारमा सहभागी हुन राप्रपा तयार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
देउवा सरकारमा सहभागी हुन राप्रपा तयार

सारांश

  • २३ असोज, काठमाडौं ।
  • राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको छ ।
  • कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपाको तयारी छ ।

२३ असोज, काठमाडौं । राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपाको तयारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन प्रस्ताव आएको बताए ।

सत्तारुढ माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनगर्ठनको प्रयास थालेेका छन् । यदि बहुमत पुगेमा माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने उनको तयारी छ ।

कांग्रेसले राजपा, फोरम, राप्रपासहितका ६ दलको लोकतान्त्रिक गठबन्धन बनाएको छ । गठबन्धनमा आवद्ध दलहरुलाई सरकारमा समेट्न देउवाले लगातार छलफल गर्दै आएका छन् ।

राप्रपा बैठकले पनि पनि नैतिक रुपमा माओवादी सरकारमा बस्न नहुने निष्कर्ष निकालेको छ ।

बैठकमा अधिकांश नेताहरुले लोकतान्त्रिक गठबन्धनमा जानु पर्ने सुझाव दिएका छन् । राप्रपाले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १० र प्रदेशसभामा ३० सिट मागेको छ ।

एक नेताले भने, सिट संख्या मिल्न बाँकी छ । यदि गठबन्धनमा सहभागी भयो भने सरकारमा पनि जान खुला छौं । मन्त्रालयबारे छलफल हुन भने बाँकी छ ।’

राप्रपा बैठक दिउँसो फेरि बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?