यसकारण लगाउनु हुदैन हरेक दिन एउटै जुत्ता–चप्पल
सारांश
- तपाइले एक पटक लगाउनु भएको जुत्ता जुन एकदमै आरामदायी महशुस हुन्छ सोहि जुत्ता सधैभरि तपाईँ बजारमा खोज्नुहुन्छ, सधैभरि त्यही जुत्ता लगाउन चाहनु हुन्छ ।
- तर बजारमा नपाउन पनि सक्छ ।
- आफ्नो लागी कम्फर्ट महशुस हुने जुत्ताले तपाइको खुटटको छालालाई पनि राम्रो हुन्छ र खुट्टामा फोका उठ्ने खालको समस्या पनि न्यूनीकरण हुन्छ ।
तपाइले एक पटक लगाउनु भएको जुत्ता जुन एकदमै आरामदायी महशुस हुन्छ सोहि जुत्ता सधैभरि तपाईँ बजारमा खोज्नुहुन्छ, सधैभरि त्यही जुत्ता लगाउन चाहनु हुन्छ । तर बजारमा नपाउन पनि सक्छ । आफ्नो लागी कम्फर्ट महशुस हुने जुत्ताले तपाइको खुटटको छालालाई पनि राम्रो हुन्छ र खुट्टामा फोका उठ्ने खालको समस्या पनि न्यूनीकरण हुन्छ ।
साथै तपाइ हरेक समय त्यही जुत्ता लगाउन चाहनुहुन्छ । आफूलाई आरामदायी महशुस हुने जुत्ता अझ देख्दा पनि राम्रो तथा आकर्षक देखिन्छ त्यही जुत्तालाइ तपाइ हरेक दिन लगाउन चाहनुहुन्छ र आफूलाई मन पर्ने जुत्ता लगाउन पाउँदा आफैले आफैलाइ खुशी महशुस पनि गर्नुहुन्छ ।आफूलाई मन पर्ने जुत्ता तपाई हरेक दिन लगाउन चाहनुहुन्छ
त्यसका बावजुद पनि यस्तो कुरा ल्याउनु अत्यन्तै रोचक देखिन्छ । दिनदिनै एउटै खालको जुत्ता लगाउन नहुने त्यसतो केहि खास छैन त्यही पनि दिनदिनै एउटै जुत्ता लगाउनु खासै राम्रो मानिदैन । यसको बारेमा जान्नु भन्दा पहिला हामीहरु यो जान्न जरुरी छ कि हामीहरु घरभित्र हाम्रो जुत्ता किन नलगाउने ?
घर भित्र जानु भन्दा पहिला हामी आफूले लगाएको जुत्ता चप्पल निकाल्छौँ । यसमा पनि कोहीको बानी जुत्ता घर भित्र राख्ने हुन्छ भने कसैको बाहिर । यो कुनै अचम्मको कुरा होइन कि जब तपाई बाहिरबाट घर फर्कनुहुन्छ त्यस बेला तपाइले फोहोर मैला त लिएर जानुहुन्छ । चाहे जुत्ता घर भित्र राख्नुहोस् या बाहिर राख्नुहोस ।
तपाइको घरमा ब्याक्टेरिया त छिरेकै हुन्छ यसमा केहि फरक त हुन्छ नै । अमेरिकाको एउटा सर्बेक्षण अनुसार एउटा यस्तो तथ्य पत्ता लगाइएको छ कि तपाइले लगाउने हरेक जुत्ताको सोलमा ब्याक्टेरिया र मोल्डस्ले घेरिएको हुन्छ । , जसमा इकोली पनि समावेश भएको हुन्छ ।
जब तपाई ब्याक्टेरियाले घेरिएका जुत्ता चप्पल लगाएर आफ्नो घर वरपर घुम्नुहुन्छ त्यति बेला ब्याक्टेरियाले फैलिने मौका पाएका हुन्छन् जुन स्वस्थप्रद हुदैन् हरेक दिन एउटै जुत्ता लगाउने बानी छ भने यो बानी खासै राम्रो नह्ने हुँदा यस्तो बानी बदल्नु राम्रो हुन्छ । एर्गोनामिक्सको साथमा यो गर्नु कुनै ठूलो कुरा होइन तर यसमा तपाइको जुत्ताको स्थायित्व को कुरा आउँछ ।
जब तपाई आफ्नो जुत्ता लगाउनुहुन्छ त्यति बेला आफ्नो खुट्टाको पैतालाबाट पसिना आइरहेको हुन्छ । जसले गर्दा खुट्टा निकै नै दुर्गन्धित हुन्छ । फेरी सोही जुत्ता सुख्खा हुनको लागी निकै समयको आवश्यक हुन्छ । यदि तपाइ हरेक दिन एउटै जुत्ता लगाउनुहुन्छ भने त्यो जुत्ता सुख्खा हुन समय नहुने हुदाँ एकदमै दुर्गन्धित हुन्छ र गनाउने पनि हुन्छ । यसैले काठको जुत्ता लगाउन सल्लाह दिइएको छ ।
सिशनको अंगालोमा श्रृंखला
गत वर्षकी मिस नेपाल श्रृंखला खतिवडा यतिबेला एउटा तश्विरका कारण चर्चामा रहेकी छिन् । खतिवडा अहिले टर्कीमा छिन् । टर्कीमै रहेको बेला उनको र भ्लगर सिशन बानियाँको एउटा तश्वीर बाहिरिएको छ । सार्वजनिक भएको तस्बिरमा श्रृंखला सिशनको अंगालोमा बाँधिएकी छन् । तस्विरलाई श्रृंखला आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरेकी हुन् । यो फोटो श्रृंखलाले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी हुन् । यता सिशनले पनि श्रृंखलासँगको भिडियो सेयर गरेका छन् । भिडियो र तस्विर सार्वजनिक हुने बित्तिकै भाइरल बनेको छ । यो भिडियो र तस्वीर हेरेर धेरैले उनीहरु बीच अफेयर्स रहेको अनुमान लगाएका छन् ।
भ्लगर सिशनले यसअघि मिस नेपालको यात्रामा समेत श्रृंखलाको काममा सहयोग गर्दै आएका छन् । त्यसैले पनि सिशनसँग श्रृंखला निकट छिन् । बेलाबखत उनीहरुले एकअर्काको साथमा रहेर खिचाएको तस्बिर सार्वजनिक गर्ने गरेका छन् । यद्यपि, उनीहरुले आफू प्रेम सम्बन्धमा रहे नरहेको बारेमा मुख खोलेका छैनन् ।
चीनमा भएको मिस वल्र्ड प्रतिस्पर्धामा पनि खतिवडाले देखाएको प्रस्तुतिले उनलाई निकै चर्चामा ल्यायो ।
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
अभिनेत्री प्रियंका चोपडाले केही दिन अघि मात्रै आफ्नो ३७ औँ जन्मदिन मनाइन् । उनले जन्मदिनको खुशी सामाजिक सञ्जालमा सेयर गरिन् । तर सामाजिक सञ्जालमा सेयर गरेको त्यही खुशी उनका लागि टाउको दुखाई बनिरहेको छ । उनी अहिले नराम्रासँग ट्रोलको सिकार बनिरहेकी छिन् । चोपडा यसरी ट्रोलको सिकार बन्नुको कारण चाँही उनले चुरोट तानिरहेको फोटो हो ।
यो फोटो सार्वजनिक भएपछि उनका फ्यानहरु नराम्रोसँग रिसाएका छन् । फ्यानमात्रै होइन, फोटो हेर्ने जत्ति अरुले पनि रिस पोखेका छन् । फोटोमा उनको ममी मधु चोपडा र श्रीमान निक जोन्स पनि सँगै छन् । फोटो हेरेर अनुमान लाउन सकिन्छ, त्यो फोटो जन्मदिन मनाएकै समयको हो । यो फोटोको कारण प्रियंकाको नाम ट्वीटरमा अहिले ट्रेण्डिङमा परिरहेको छ ।
यही फोटोको प्रसंगमा अहिले प्रियंकाको अर्को भिडियोको पनि मानिसहरुले याद गरिरहेका छन् । गएको दीपावलीमा प्रियंकाले एउटा भिडियो अपलोड गर्दै भनेकी थिइन् ‘अरुको ध्यान राख्दै पटका नपड्काउनु होला, मलाई दमको समस्या छ ।’ अहिले त्यही भिडियो याद गर्दै मानिसहरुले किशिम–किशिमका प्रतिक्रिया दिएका छन् ।
एकजना ट्वीटर युजर्सले कटाक्ष गर्दै लेखेका छन् ‘प्रियंका यति व्यवसायिक छिन् की चुरोट तान्दै आफ्नो दम लिन कोशिस गर्दैछिन्, उनलाई अर्को दीपावलीमा स्मोक फ्रि दिपावलीको विज्ञापन गर्न पाइयोस् ।’ दीपावलीमा पोष्ट गरेको भिडियोमा उनले धुम्रपान खराब भनेकी प्रियंकाले चुरोट तान्दै गरेको फोटो हालेपछि धेरैले स्मोक गर्नु नगर्नु उनको इच्छा हो तर सामाजिक सञ्जालमै राख्नु चाँही पाखण्डीपन हो भनेका छन् । प्रियंकाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
एक्स ब्वाइफ्रेण्डको बारेमा कटरिना कैफको आयो यस्तो भनाई
कटरिना कैफको चर्चा सुन्दर मुहारका कारण मात्र हुँदैन । उनी एक सक्षम अभिनेत्री पनि हुन् । गएको जुलाई १६ मा उनले आफ्नो जन्म दिन पनि मनाइन् । कैफ अहिले मेक्सिकोमा छुट्टी मनाइरहेकी छिन् । यो एक वर्षमा उनको जीवनमा धेरै परिवर्तन आइसकेको छ । यो कुरा उनले हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा भनेकी हुन् ।
आफ्नो काम गर्ने, सोच्ने र जिन्दगी जिउने तरिकामा यो एक वर्षमा निकै परिवर्तन भएको उनले अन्तरवार्तामा भनेनी छिन् । अन्तरवार्ताकै क्रममा उनले आफ्नो एक्स ब्वाईफ्रेण्डको बारेमा पनि बताएकी छिन् । कैफ भन्छिन् ‘एक्स ब्वाइफ्रेण्ड अगाडि पर्दा मलाई न असहज हुन्छ, न त नराम्रो सोच नै आउँछ ।’ कैफ थप्छिन् ‘कुनै कुरालाई नराम्रो बनाएर के फाइदा ?’
आफ्नो व्यक्तिगतको जीवनको बारेमा सबैको आ–आफ्नै विचार हुन्छ भन्दै उनले अन्तरवार्तामा भनेकी छिन् ‘मसँग २ वेटा अप्सन छ, उदास अनुहार बनाउनुको साटो हाँस्न र सबैसँग कुरा गर्न मन पराउँछु ।’ सलमान खानको तारिफ गर्दै उनले भनेकी छिन् ‘सलमानसँग मेरो राम्रो सम्बन्ध छ र उनी असाध्यै राम्रा मान्छे हुन् ।’
प्रतिक्रिया