लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २५, २०७९
|
|
२७ पटक हेरिएको
Shares
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
  • प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् ।

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले  भन्यो ।

प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।

यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।

यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् ।

लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । उसले मंगलबार प्रधानमन्त्री देउवालाई ११ बुँदे लिखित मागसहितको पत्र नै बुझाएको छ ।

‘लोसपाले प्रधानमन्त्रीलाई आफ्ना माग राख्ने, त्यसमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाउने र त्यसपछि लोसपा सरकारमा सहभागी हुनेगरी तयारी भएको हो,’ स्रोतले अघि भन्यो । लोसपा नेता केशव झाले भने सरकारमा सहभागी हुने हल्लामा कुनै सत्यता नरहेको दाबी गरे ।

‘लोसपा सरकारमा सहभागी हुने हल्लामा सत्यता छैन, हामीले विगतदेखि नै राख्दै आएका माग पूरा नभएसम्म सरकारमा जाने कुरा आउँदैन, सरकारमा जाने भए माग नै राख्ने थिएनौं,’ झाले भने ।

लोसपा नेत्री चन्दा चौधरीले पार्टीको आगामी नीतिका विषयमा छलफल भइरहेको जानकारी दिइन् । उनले सरकार र सत्ता गठबन्धनमा सहभागी हुने विषयमासमेत पार्टीभित्र र बाहिर छलफल जारी रहेको तर कुनै टुंगो भइनसकेको बताइन् ।

‘छलफल भइरहेको छ, पार्टीको आगामी नीति, सरकार र गठबन्धनमा सहभागी हुनेलगायतका विषयमा संवाद जारी छ तर कुनै टुंगो भइसकेको छैन,’ नेत्री चौधरीले भनिन् ।

लोसपाको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुरले सांसद नभएका व्यक्तिलाई पनि मन्त्री बनाएर पठाउनुपर्ने अवस्था आउन सक्ने बताएका थिए । तर, सांसदहरूले भने उनको सो भनाइप्रति आपत्ति जनाएका थिए ।

हाल सरकारमा प्रधानमन्त्रीसहित २१ जना फुल मन्त्री छन् भने तीन जना राज्यमन्त्री छन् । यी सबै गरी मन्त्रिपरिषद् २४ सदस्यीय छ । गत वर्षको २९ असारमा देउवा प्रधानमन्त्री बनेका थिए । नेपालको संविधानको धारा ७६ (९) मा बढीमा २५ जनामन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था छ ।

 

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
कांग्रेस केन्द्रीय समितिको बैठकबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप
महानगरका दुई स्थानमा आयुर्वेद औषधालय थप
संघीयताका विषयमा गृहमन्त्रीको तिखो टिप्पणी
संघीयताका विषयमा गृहमन्त्रीको तिखो टिप्पणी
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् स् सडक नै पहिलो चिन्ता
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
फेवाताल नजिकबाट केबलकार चलाउन नपाइने
फेवाताल नजिकबाट केबलकार चलाउन नपाइने
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !

तपाईंले छुटाउनुभयो कि?