भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका

सारांश

  • काठमाडौं ।
  • नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका नेपाली कांग्रेस सम्बद्ध केही व्यक्तिहरुको गुटबन्दिबाट भोली असार २४ गते एक भेला गरी तारकेश्वर–काठमाडौं ।
  • सम्पर्क समिति गठन गर्ने भन्दै केही सामाजिक सञ्जालमा प्रचार गरिएका हल्लाप्रति नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं । नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका नेपाली कांग्रेस सम्बद्ध केही व्यक्तिहरुको गुटबन्दिबाट भोली असार २४ गते एक भेला गरी तारकेश्वर–काठमाडौं । सम्पर्क समिति गठन गर्ने भन्दै केही सामाजिक सञ्जालमा प्रचार गरिएका हल्लाप्रति नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संयोजक होम बहादुर तामाङले कुराकानी गर्दै नोपली कांग्रेस तारकेश्वर गाउँपालिकाले यहि असार ३ गते शनिबार तारकेश्वर स्थायी घर भई काठमाडौंमा अस्थायी बसोबास गर्नेको बृहत भेला गरी २१ सदस्यीय तदर्शसमिति सहितको तारकेश्वर–काठमाडौं सम्पर्क समिति नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिसकेको परिस्थितिमा केही व्यक्तिहरुले राजनीतिक अविष्ट पुरा गर्न बजारमा विभिन्न अर्नगल हल्ला चलाएको छन् यो दुखद विषय हो ।

पार्टीका सभापति केन्द्रिय सदस्य सांसदलाई समेत विवादमा पार्ने गरी सामाजिक सञ्जालमा चलाईएको हल्लालाई हामीले गम्भिर रुपमा लिएका छौं उनले भने । हामीले पाटीका जिल्ला स्तरीय नियमन निकायहरुसँग छलफल गरी पार्टीको संगठनलाई सुदृढिकरण गर्ने र पराजयलाई जितमा लैजाने अभियान स्वरुप पार्टीको सम्पर्क समिति गठन गरेका थियौं ।

तर, यहाँ भ्रम फैलाईएको छ । यस्ता पार्टीको हित विपरित काम गर्ने जो कोहीको पनि पछि नलाग्न म अनुरोध गर्न चाहन्छु । म तारकेश्वर गाउँपालिकाको पार्टीको संयोजक मलाई केही जानकारी हुँदैन, कुनै सल्लाह हुँदैन, ठाउँ ठाउँमा भेला गरिन्छ यस्तो नि हुन्छ, यो कहाँको नियमले काम गरिरहेका छन् तामाङले भने ।

यसैगरी भोली हुने भेलाको विषयलाई लिएर तारकेश्वर गाउँपालिका सम्बद्ध युवा नेतृत्वद्वय केशव अर्याल र शिव अधिकारीले पनि यस्तो राजनीतिक त्रिडमले पाटीको हित नहुने बताउँदै पाटीको विधि विधान र नेतृत्वको सवालमा अध्ययन गरेर अगाडि बढ्दा मात्र संगठन बलियो हुने बताएका छन् ।

उनीहरुले राजनीतिक प्रतिशोध होइन विचार विर्मश गरेर जनतामा छाएर काम गर्नुपर्छ । यहाँ गुट उपगु्टको सृजना गर्ने काम भएको छ । यो राम्रो होइन । यस्तो कार्य सुझबुझका साथ अभिलम्ब हामीले रोक्नुपर्छ । होइन भने पार्टीको लागि यो घातक हुन सक्छ उनीहरुले भने ।

यसैगरी तारकेश्वर सम्बद्ध नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुले पाटीले पराजय भोगी सकेपछि समिक्षा गर्नुको अलवा चोकराजजीले गुट बनाएर भेला उप–भेला गर्दै हिँडेका छन् त्यो राम्रो होइन त्यो उनले रोक्नुपर्छ । यहाँ व्यक्ति विशेषको राजनीति चल्दैन । उनले यस्तो हर्कत नरोके यो उनकै लागि घातक सिद्द हुने बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?