कांग्रेसले संसद चल्न दिएन, बैठक भोलिसम्मका लागि स्थगित्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेसले संसद चल्न दिएन, बैठक भोलिसम्मका लागि स्थगित्

सारांश

  • काठमाडौं, २३ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आजको संसद बैठक भोलिसम्मका लागि स्थगित् भएको छ ।
  • बैठक सुरु हुनेबित्तिकै कांग्रेस सचेतक पुष्पा भुषालले सम्बोधन गरेकी थिईन् ।

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आजको संसद बैठक भोलिसम्मका लागि स्थगित् भएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सचेतक पुष्पा भुषालले सम्बोधन गरेकी थिईन् ।उनले बैठक सुचारु गर्न आफूहरुको असहयोग रहने बताएपछि सभामुख अग्नि प्रसाद सापकोटाले बैठक भोलि २४ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरि स्थगित् गरेको जानकारी गराएका छन् । भुषालले सम्बोधन गर्दै गर्दा गच्छदारमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएकी थिईन् । आफ्नो संसदीय दलका उपनेतामाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बताएको छ ।

भुषालले सम्बोधनको क्रममा भनेकी छिन्,‘हिजो अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बालुवाटार जग्गा प्रकरणको विषयलाई मुद्दा बनाएर अत्यन्तै राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोधको आधारमा विभेदकारी व्यवहार देखाएर, मुलुकको लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउनेगरि सम्मानित विशेष अदालतमा मुद्दा दायर भएको खबर आएको छ । यसरी राजनीतिक प्रतिशोधको आधारमा अख्तियारले मुद्दा दर्ता गर्न मिल्छ ? अख्तियार सरकारको लाछार छायाँ भएको यो प्रकरणले पुष्टि गरेको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?