ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति

सारांश

  • काठमाडौं, २३ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागबण्डा मिलाउने सहमति भएको छ ।
  • पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका वाम गठबन्धनका शीर्ष नेताद्वय ओली र प्रचण्डबीच कुन प्रदेश सरकारमा कसलाई मन्त्री, कसलाई सभामुख, कसलाई उपसभामुख बनाउने ?

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच प्रदेश सरकार गठनको लागि मन्त्रिमण्डलमा भागबण्डा मिलाउने सहमति भएको छ ।

पार्टी एकताको आन्तरिक गृहकार्यमा जुटेका वाम गठबन्धनका शीर्ष नेताद्वय ओली र प्रचण्डबीच कुन प्रदेश सरकारमा कसलाई मन्त्री, कसलाई सभामुख, कसलाई उपसभामुख बनाउने ? भन्नेबारे केही दिनयता छलफल भइरहेको बताइएको छ ।

यसबीचमा माओवादी केन्द्रले आफ्नो भागमा परेको मुख्यमन्त्रीको टुँगो लगाइसकेको छ । जसअनुसार माओवादी केन्द्रको भागमा परेको ६ नम्बर प्रदेशमा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र ७ नम्बर प्रदेशमा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्ने छन् । माओवादीको कोटामा परेका सभामुखको नाम पनि प्रचण्डले करिब करिब टुँगो लगाएको बताइएको छ ।

यता एमालेले आफ्नो भागमा परेका १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सहमतिमै टुँगो लगाउने देखिएको छ । प्रदेश नम्बर १ मा सचिव भीम आचार्य र पूर्वमन्त्री शेरधन राईको कडा दावी छ । यी दुईमध्ये एकजना मुख्यमन्त्री बन्ने भएका छन् । ३ नम्बर प्रदेशमा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले आफ्नो दावी पेश गरिरहेका छन् ।

४ नम्बर प्रदेशमा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङबीच प्रतिष्पर्धा देखिएको छ । तर यो प्रदेशमा सहमतिमै आलोपालो चलाउन नेतृत्वले दबाब दिएको बताइएको छ । ५ नम्बर प्रदेशमा सचिव शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्कापक्की नै भइसकेको छ ।

प्रदेश सरकार गठनमा मन्त्रिमण्डलमा सहमति करिब करिब भएको वाम गठबन्धनका शीर्ष नेताले जानकारी दिए । उनका अनुसार ३५ र ६५ को अनुपातमा भागबण्डा हुने भएको छ । प्रदेश सरकार गठनपछि केन्द्रीय सरकारमा पनि सहमति खोज्ने दुई नेताबीच सहमति भएको छ ।

केन्द्रिय सरकार बनाउन पनि ६० र ४० को अनुपातमा जाने उनीहरुबीच सहमति भएको खुलासा भएको छ । स्रोतका अनुसार पहिला सरकार गठन गर्ने र त्यसपछि मात्रै पार्टी एकताको विषयमा प्रवेश गर्ने पनि ओली र प्रचण्डबीच गोप्य सहमति भएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । उनीहरुबीच राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोराउने कि भन्नेबारे पनि हल्का छलफल चले पनि यस विषयमा एमालेभित्रै नयाँ व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ ।

सभामुख माओवादी केन्द्रले पाएमा पूर्वसभामुख ओनसरी घर्तीमगरलाई नै दोहोराउने सम्मको बहस चलेको छ । उपराष्ट्रपति पनि आफ्नो भागमा पाए हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोराउने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?