कर्णालीमा ६०० बढी कर्मचारी अपुग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कर्णालीमा ६०० बढी कर्मचारी अपुग

सारांश

  • सुर्खेत, २१ साउन ।
  • कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ ।
  • समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।

सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए।“हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर हुन बाँकी छ”, उनले भने, “यहाँ तोकिएको दरबन्दीभन्दा ६०० बढी कर्मचारीले प्रदेश रोज्न चाहेनन्, यस वर्ष पनि सरकारले कर्मचारीको समस्या भोगिरहनु पर्ने अवस्था छ ।”

उनले ६५८ कर्मचारीको अपुग रहेको बताए। समायोजनका क्रममा कर्णाली प्रदेशका लागि एक हजार ९९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो । एक हजार ३३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए । कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव रहेको छ ।माथिल्लो तहका प्राविधिक कर्मचारीहरुले कर्णाली आउन नचाहेकाले योजना तथा पूर्वाधारका कार्यक्रमहरु सञ्चालन समस्या हुने उहाँको भनाइ छ । मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपाध्यायका अनुसार समायोजनपछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीहरुमा प्रशासनतर्फ ३४०, लेखातर्फ १२२, राजश्व उपसचिवतर्फ एक कर्मचारी रहेका छन्

। त्यस्तै, वनतर्फ हाजिर हुन आएका २८२ कर्मचारीमध्ये सबैभन्दा धेरै श्रेणीविहीन वनरक्षक २४० हाजिर भएका छन् । इञ्जिनीयरिङ ५९, कृषितर्फ १०३, योजना तथा तथ्याङ्कमा छ, विविधमा २९, स्वास्थ्यतर्फ तीन कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन् । सरकारले ठूलो सङ्ख्यामा कर्मचारी अभाव हुँदा दैनिक प्रशासन सञ्चालनदेखि विकास योजना सञ्चालन गर्नसमेत समस्या हुने गरेको बताएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल
निजगढ विमानस्थल : दुई लाख रुख काटिने
निजगढ विमानस्थल : दुई लाख रुख काटिने
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
विश्व समाचार : इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
उम्मेदवार छनौट नभएपछि कांग्रेस कार्यकर्तामा अन्योल
उम्मेदवार छनौट नभएपछि कांग्रेस कार्यकर्तामा अन्योल
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर !
कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर !
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी

तपाईंले छुटाउनुभयो कि?