डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
सारांश
- निर्मल भट्टराई पाँच बर्षसम्म शासन गर्ने म्याण्डेट पाएको सरकारले आफ्ना कामहरुलाई व्यवस्थित र तीब्र बनाउँदै गरेको आभास हुन थालेको छ ।
- धिमा गतिमा काम शुरु गरेको सरकार नीति तथा कार्यक्रम र बजेटको काम सकिएलगत्तै देशमा केही पद्धतिको विकास गर्ने गम्भीर योजना बनाउन लागेको सरकारका बरिष्ठ मन्त्रीहरुले बताएका छन् ।
- व्यक्तिको मुख ताक्ने तर नियम, कानून र पद्धतिलाई नमान्ने आमनेपाली परम्पराले बिग्रिएको देशलाई सही मार्गमा हिडाउन केही समय लाग्ने निश्चित छ ।
निर्मल भट्टराई
पाँच बर्षसम्म शासन गर्ने म्याण्डेट पाएको सरकारले आफ्ना कामहरुलाई व्यवस्थित र तीब्र बनाउँदै गरेको आभास हुन थालेको छ । धिमा गतिमा काम शुरु गरेको सरकार नीति तथा कार्यक्रम र बजेटको काम सकिएलगत्तै देशमा केही पद्धतिको विकास गर्ने गम्भीर योजना बनाउन लागेको सरकारका बरिष्ठ मन्त्रीहरुले बताएका छन् । व्यक्तिको मुख ताक्ने तर नियम, कानून र पद्धतिलाई नमान्ने आमनेपाली परम्पराले बिग्रिएको देशलाई सही मार्गमा हिडाउन केही समय लाग्ने निश्चित छ ।
आफूले बनाएको संविधान, ऐन, कानून र सरकारले जनताको हितमा बसाएको पद्धतिलाई सबैले गर्वका साथ परिपालना गर्न शुरु गरेको दिन यो देश स्वर्ग हुनेछ । तर दुःखका साथ भन्नुपर्छ— जनता आफैले पाँच बर्षका लागि निर्वाचित गरेको सरकारको अवधि पाँच महिना पनि नपुग्दै त्यसलाई छिःछिः दुर दुर गर्न शुरु गरिन्छ । सँधियारको, श्रीमतीको, अंशबण्डाको, लेनदेनको, खडेरी परेकोलगायतका रिस समेत सरकारमाथि पोखिन्छन् ! मानौं सरकार गाली गर्ने साधन हो, तारो रेञ्ज हो !
बजेटको विरोध
यसपालिको बजेट यस्तो आयो, सत्तापक्षका सांसदले घोर विरोध गर्ने, विपक्षले बजेटबारे चुइँक्क नबोल्ने । एक बर्षको बजेटले जनताका सबै अपेक्षा पूरा गर्नसक्ने अवस्था छैन । कुनै दिन दातृ निकायले एक पैसो ऋण वा अनुदान नदिँदा पनि देश आफ्नै बलबुताले चल्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । ऋण र अनुदानले हाम्रो स्वाधीनतालाई संकटमा पार्दै आएको छ । उनीहरुको योजनामा चल्नुपर्ने । आज एकातिर देशको बजेटलाई पहुँच र शक्तिबाट मुक्त गरेर समग्र देशको योजनाबद्ध, दीर्घकालीन र प्रतिफल दिनेगरी खर्च गर्ने चुनौति छ भने अर्कोतिर भोट बटुल्न विगतमा बजेट छर्ने परम्पराको समेत अन्त्य गर्नु पर्नेछ । त्यसो भएमात्र प्रधानमन्त्रीले “जन्ते बाख्रो बाँड्दा कसैलाई चोक्टैचोक्टा र कसैलाई झोलैझोल पर्छ” भनेर आफ्नै दलका सांसदहरुलाई थुम्थुम्याउनु पर्ने छैन ।
स्वास्थ्य विधेयक र डा.केसीको अनसन
हाम्रो देशका विधि र पद्धतिले शासन नगर्ने हुनाले नेताभन्दा कार्यकर्ता शक्तिशाली र कार्यकर्ताभन्दा नागरिक शक्तिशाली छन् । एक नागरिक डा. केसीले भनेको कुरा मात्र नेपालको स्वास्थ्य क्षेत्रमा रामबाण हुन सक्दैन । निजी मेडिकल कलेज, अस्पतालको स्थापनामा तोकिएको मापदण्डमा कडाई गरेर लागू गर्ने हो र प्रभावकारी अनुगमनको व्यवस्था लागू गर्ने हो भने नेपालमा मेडिकल कलेजको संख्या बढ्दा नेपाललाई फाइदा हुन्छ । मेडिकल अध्ययन गर्न सयौंको संख्यामा विदेशिने विद्यार्थीलाई त रोक्न सकिन्छ नै, भारत, चीन र अन्य मुलुकबाट प्रशस्त विद्यार्थी मेडिकल अध्ययन गर्न भित्रिन सक्छन् ।
यहाँ एक घटनाको चर्चा गर्नु सान्दर्भिक होला । प्रथम संविधानसभाको चुनावमा पराजित भएपछि तत्कालीन एमाले महासचिव माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिएपछि झलनाथ खनाल पार्टीको महासचिव बन्नुभयो । उहाँको प्रमुख स्वकीय सचिवको रुपमा मैले जिम्मेवारी सम्हाल्न बल्खु पुगेको दिन अफिस मिलाउने क्रममा मेरो टेबुलमा एउटा खाममा भारतीय दूतावासबाट आएका पाँचवटा चिट्ठी फेला परे । पत्रमा लेखिएको थियो, “तपाईंले सिफारिस गरेका विद्यार्थीलाई यसपटक मेडिकल क्षेत्रमा छात्रवृत्ति दिलाउन सकिएन ।” पत्र पढेपछि मेरो मन अमिलो भयो । जे कुरा पनि जोसँग पनि माग्नुपर्ने हाम्रो वाध्यता देखेर विरक्त पनि लाग्यो । त्यसको करिब दश बर्षपछि पोहरसाल उडिसाको एक मित्रले मलाई फोन गरेर भन्यो, “मेरो छोरीले दुई बर्ष मेहनत गरेर नेपालगञ्ज मेडिकल कलेजमा एमबिबिएसमा नाम निकाल्न सफल भई । होस्टेल पाउन धेरै गाह्रो रहेछ । तपाईंले केही सहयोग गरिदिनुपर्यो ।” मलाई फोन सुनेर बिछट्टै खुशी लाग्यो । नेपालको मेडिकल अध्ययन अध्यापनले छोटो अवधिमा गरेको विकासलाई सबैले झन राम्रो वातावरण बनाउनु पर्नेमा डा. केसीको रोड्याईं र विगतदेखि अहिलेसम्मका सरकारहरुको बलमिच्याईंले यो विकास तहसनहस हुने खतरा बढ्दै गएको छ । डा. केसीको निरन्तर अनसन बस्ने ऊर्जा कहाँबाट आएको हो ? एकदिन त अवश्य खुल्ला नै । कुनैबेला नेपाल विद्यार्थी संघका केन्द्रीय नेता डा. गोविन्द केसी अहिले प्रतिपक्ष नेपाली कांग्रेसका हट केक बनेका छन् । र, त्यो हट केकलाई मोडलिङ कांग्रेसी पृष्ठभूमि भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले गर्न शुरु गरेकी छन् ।
निषेधित क्षेत्र घोषणा
सरकारले विरोध कार्यक्रमलाई पनि व्यवस्थित गर्न उपत्यकाका विभिन्न खुल्ला ठाउँलाई निर्धारण गरेकोमा प्रतिपक्षले सरकारको कडा आलोचना गरेको छ । विगतका धेरै अनुभवले बताएका छन्, साँगुरो ठाउँमा जुलुस वा प्रदर्शन गर्नाले सरकारभन्दा बढी आयोजकलाई जनताले धिक्कारेका छन् । त्यसै त काठमाडौं सानो दराजमा हात्ती कोचेजस्तो भइसकेको छ । सानोमात्र ट्राफिक गडबडीले जनतालाई ज्यादै सास्ती हुने निश्चित छ । हुन त जनताको सास्ती र समस्यालाई कसले पो हेरेको छ र ? नेपाली कांग्रेस पनि बेखबर छैन, अबका आन्दोलन सत्ता उलटफेरका लागि हुने छैनन् । दवावका लागि हुनेछन् । प्रतिपक्षले दवाव दिने, सरकारका कमजोरीको उजागर गरेर आफ्नो पक्षमा जनमत बनाउन मेहनत गर्नु नितान्त स्वभाविक छ । तर त्यो काम माइतीघर मण्डलाबाट मात्र हुन्छ भन्नुचाहिं नेपाली कांग्रेसको अपरिपक्वता हो । एक फन्को जुलुस त सिंहदरवारभित्र पनि निकाल्न सकिन्छ नि । दिने ?
कुनै समय एक अत्यन्त गरीब परिवार मागेर आफ्नो गुजारा चलाउँथ्यो । श्रीमतीले घर र बालबच्चा हेर्नु पर्ने हुनाले अक्सर श्रीमान् माग्न जान्थ्यो । एक दिन घरबाट निस्केको केही समयमा बाटोमा एक मानव खप्पर भेटछ । खप्परमा लेखिएको थियो, “कुछ होना बाँकी है !” उसले त्यो खप्पर घरमा ल्याएर आफ्नी श्रीमतीलाई पनि थाहा नदिई एउटा सन्दुकमा बन्द गरेर राख्यो । समय बित्दै गयो । एकदिन श्रीमतीले भोकका मारे त्यो सन्दुक फोरी र “कुछ होना बाँकी है” लेखिएको खप्पर ओल्ट्याई पल्ट्याई गरी । खानेकुरा नभएको थाहा पाएपछि धुलो हुने गरी फुटाईदिई । पछि उसको लोग्नेले निष्कर्ष निकाल्यो, “कुछ होना बाँकी है” लेखेको ठिकै रहेछ । धुलो हुन बाँकी रहेछ । आफ्नै सरकारको पालाका अत्यन्त विवादास्पद बनेका डा. गोविन्द केसी र गंगामायाजस्ता पात्र बोकेर आन्दोलनको तयारी गर्दा नेपाली कांग्रेसको हालत उल्लिखित खप्परजस्तै नहोला भन्न सकिन्न ।
Sabin Rai
First of all, i would like remind u of Current Nepali mass psychology misleaded and deteriorated by incompitent political parties led by uneducated,ignorant visionless but srewd leaders brought up so much corrupt social tradition and structures, sorrounded by selfish muscular supporters and morally currupt so called educated ones like u, because u know kernel of current viral issues but u are supressing ur conscience which has “sense of critical thinking” and trying to justify gov misdeed with the method’ Not Ramra Manche but Hamra mache’At last one question; why u are so politicizing everything.was dr kc was silent when congress was in gov and who had initiated the impeachment against susila karki as a chief justice. i dare not suppose u r old enough to be infected by Alzheimer disease.are u…?