पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
पाल्पामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी

सारांश

  • पाल्पा, २६ जेठ- पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् ।
  • उनीहरु दिदीबहिनी हुन् ।

पाल्पा, २६ जेठ- पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् ।पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेका छन् । उनीहरु चार परिबारका सदस्य हुन् ।बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ मा १४ लाख मतदाता
प्रदेश नं ७ मा १४ लाख मतदाता
९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !
९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले
यस्तो भने नेपालको बारेमा पूर्वभारतीय राजदूतहरूले
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
नेपालले देखायो अर्काे ‘कमाल’
नेपालले देखायो अर्काे ‘कमाल’
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म