जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जापानमा राती श्रीमानसँगै सुतेकी नेपाली महिला बिहान मृत फेला

सारांश

  • टोकियो ।
  • जापानमा श्रीमानसँगै बस्दै आएकी एक नेपाली महिला मृत भेटिएकी छिन् ।
  • आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी महिला शुक्रबार बिहान मृत भेटिएकी हुन् ।

टोकियो । जापानमा श्रीमानसँगै बस्दै आएकी एक नेपाली महिला मृत भेटिएकी छिन् ।आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी महिला शुक्रबार बिहान मृत भेटिएकी हुन् ।राजधानी टोकियोस्थित किता कु ईताबासिमा श्रीमानसँगै सुतेकी अन्दाजी २९ वर्षीया महिला मृत फेला परेको जनाइएको छ।

गुल्मी जिल्ला घर र रायमाझी थर भएको बताइएकी महिला श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ।प्रहरीले घटनाबारेमा अनुसन्धान थालेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?