लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार
सारांश
- लक्ष्मीपूजादेखि हराइरहेका ५ किशोरीको उद्दार भएको छ ।
- देउसी खेल्न हिडेका उनीहरुलाई एक घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्दार गरेको हो ।
- नुवाकोटबाट हराएका ५ युवती १३ देखि १६ वर्ष उमेरसम्मका छन् ।
लक्ष्मीपूजादेखि हराइरहेका ५ किशोरीको उद्दार भएको छ । देउसी खेल्न हिडेका उनीहरुलाई एक घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्दार गरेको हो । नुवाकोटबाट हराएका ५ युवती १३ देखि १६ वर्ष उमेरसम्मका छन् । सुर्खेत प्रहरीले उद्दार गरेसँगै उनीहरुलाई नुवाकोट पठाएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका १२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्थामा ५ युवती उद्दार भएका हुन् । किशोरीहरुको उद्दार पछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारबाहीका लागि नुवाकोट पठाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया