यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
सारांश
- तुलसीपुर २६-जेठ शुक्रबार बिहान करिब ८ बजे बाहिनी चोकमा नाङ्गो खुकुरीमा रगतसहित लतपत्तिएको अवस्थामा एक जना पुरुष देखिए ।
- उक्त पुरुषलाई बाटोमा हिड्ने केही व्यक्तिले डराएर नियालेर हेर्न थाले भने केही व्यक्ति भाग्न थाले।
- केही छिनमै उनी तुलसीपुर उपमहानगरपालिका ६ स्थित १९ नम्बर बाहिनीको गेटबाट भित्र छिर्ने कोसिस गरे।
तुलसीपुर २६-जेठ शुक्रबार बिहान करिब ८ बजे बाहिनी चोकमा नाङ्गो खुकुरीमा रगतसहित लतपत्तिएको अवस्थामा एक जना पुरुष देखिए । उक्त पुरुषलाई बाटोमा हिड्ने केही व्यक्तिले डराएर नियालेर हेर्न थाले भने केही व्यक्ति भाग्न थाले। केही छिनमै उनी तुलसीपुर उपमहानगरपालिका ६ स्थित १९ नम्बर बाहिनीको गेटबाट भित्र छिर्ने कोसिस गरे। तर उनीलाई नियमपालना गर्न भनि गेटमै प्रतिक्षा गर्न लगाइयो । बाहिनीले घटनाको विषयमा जानकारी लिएर केही छिनमै आर्मीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई जिम्मा लगाइदियो ।
त्यसपछि बजारमा हल्ला सुरु भयो । श्रीमानले श्रीमतीलाई खुकुरी हानेर हत्या गरे भनेर । त्यसपछि हामी घटना स्थल तुलसीपुर उपमहानगरपालिका ६ सुकौरा रोड स्थित डुम्रीगाँउमा पुग्यौं । त्यहाँको अवस्था हेर्दा दर्दनाक थियो। रगतै रगतले भरिएको आँगन, कोठा त्यहाँ भएका मानिसका अनुहारमा त्रास देखिन्थ्यो ।
सल्यान जिल्ला कपुरकोट गाउँपालिका ६ घर भई हाल ज्वाला दल गणमा कार्यरत सालिकराम बुढाथोकीले आफ्नो पूर्वपति टिका रावललाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएकी टिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिका तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाँउमा डेरामा बस्दै आएकी थिइन् । सालिकराम र टिकाबिच सम्बन्ध विच्छेद भएको शुक्रबार (हिजो) १२ दिन मात्रै पुगेको थियो । सम्बन्ध विच्छेद भएको १२ औं दिनमा सालिकरामले टिकालाई उनी बसेको कोठामै एका विहानै आएर खुकुरी प्रहार गरेर हत्या गरेका थिए । सालिकराम यही जेठ ६ गते मिसनबाट घर फर्किएका थिए ।
अछाम जिल्ला कमलबजार गाउँपालिका ४ चाल्सा निवासी २९ वर्षिय थापा १९ नम्बर बाहिनी दाङमा कार्यरत सैनिक जवान हुन् ।
आर्यन टिकाको घरमा तरकारीको लागि आँप काटदै थिए। टिका र आर्यन दुबै जना घरको कोलियामा आँप काट्दै गर्दा टिकाको पूर्वश्रीमान शालिकराम बुढाथोकीको त्यहीँ घरमा प्रवेश भयो। आर्यनले केही सामान छुटेकोले लिन आउनुभएको भन्ने ठानेर भित्र जाने बाटो छोडिदिए । उनले एउटा झोला भिरेको र उनी सरासर घरको माथी उक्लिए । काममा आएको भन्ने ठानेर आर्यनले आँप काट्दै गरे, टीका भने उनको पछिपछि माथी उक्लिईन । कोलियामा आँप काटदै गरेका आर्यनलाई सालिकरामले एक्कसी झोलाबाट खुकुरी निकालेर घाटीमा प्रहार गरे । आर्यनमाथि खुकुरी प्रहार भैसकेपछि भाग्नै लाग्दा फेरि उनीमाथि खुकुरी प्रहार गरे । आर्यनलाई पहिलो पटक खुकुरी प्रहार गर्दा घाँटीमा र दोस्रो पटक कम्मरमा चोट लाग्यो। आर्यनलाइ लखेट्दै सालिकराम बाटोम दौडिए तर आर्यनलाई भेट्टाउन सकेनन् । आर्यन त्यसपछि घटना स्थलबाट अटो चढेर राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउन पुगे ।
सालिकराम भने टीका बस्ने कोठामा फर्किए। टिकालाई पहिलो प्रहार हातमा र भाग्दै गर्दा घाटीमा गहिरो चोट लाग्दा गम्भीर घाइते भइन् र उनलाई अस्पताल लगियो । अस्पताल लगिए लगतै टिकालाई चिकित्सकले मृत घोषित गर्यो ।
आर्यन र टिकाको सम्बन्ध के हो ?
घाइते आर्यनका अनुसार करिब डेढ बर्ष अगाडी आर्यन कोहलपुर जादै थिए। संयोगबस टिका र उनको सिट एउटै पर्यो । उनीहरु बिच कुराकानी सुरु भयो । छोटो समयमा उनीहरु बिच सुखदुःख आदान प्रदान भए। उनीहरु बिच फोन नम्बर आदानप्रदान पनि भयो । उनीहरुबिच कुरा हुँदै गयो । कुरा हुदै जादा उनीहरुबिचको साथीको सम्बन्ध विवाह गर्नेसम्ममा परिणत भयो । आर्यन अविवाहित पुरुष हुन्। टिकाको ७ वर्षिय छोरा छ ।
टिका र शालिकरामको सम्बन्ध चिसिदै गएपछि मिसनबाट फर्किए लगत्तै दुई हप्ता अगाडी मात्र टीका र शालिकरामको सम्बन्ध बिच्छेद भएको आर्यनले बताए । बिहे गर्ने निश्चित भएपछी आर्यन टिकाको कोठामा आउने गरेको बताए।
दाङ जिल्लामा सुरक्षा निकायमा कार्यरत रहेका सुरक्षाकर्मीले यसरी हत्या गरेको यो तेस्रो घटना हो । यसअघि घोराहीमा दुई वटा र तुलसीपुरमा एक गरी एक वर्षको अन्तरालमा तीन वटा घटना भएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया