रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२९ पटक हेरिएको
Shares
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र

सारांश

  • काठमाडौं, १ भदौ ।
  • न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् ।
  • पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन् ।

काठमाडौं, १ भदौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन् ।तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग भन्दै नेता दिलेन्द्र प्रसाद बडुलाई भेट्न पठाएका छन् । स्रोतकाअनुसार सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएका थिए । रिपोर्टर्स नेपाल डटकमलाई प्राप्त भएको जानकारीअनुसार देउवाले पठाएको पत्र नेता बडुले पत्रकार लामिछानेलाई प्रेषित गरेका थिए । पत्रमा लामिछानेलाई सहयोग गर्ने वचनबद्धता रहेको बुझिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई नेता बडुले शनिबार भेट गरेका थिए । लामिछानेलाई भेट गरेर निस्किएका नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका थिए । यस्तै, भेटमा लामिछानेले निष्पक्ष छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको पनि नेता बडुले उल्लेख गरेका थिए ।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?