जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
४५ पटक हेरिएको
Shares
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ :  मन्त्री थापा

सारांश

  • विराटनगर, २८ चैत ।
  •   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
  • नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर, २८ चैत ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्न कार्यमा यो संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उहाँले आग्रह पनि गर्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताउनुभयो ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामन्त्री देवरत्न ध्वाख्वा, मोरङ सभापति सुबोधकुमार सिंह, उपसभापति रमानन्द यादव लगायतले समाज सेवाका क्षेत्रमा नेपाल रेडक्रसले पु¥याउनुभएको योगदानको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुटल र पठाओ नरोक्न प्रधानमन्त्रीको निर्देशन
टुटल र पठाओ नरोक्न प्रधानमन्त्रीको निर्देशन
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
दुर्घटनामा परी सशस्त्र प्रहरीका हवल्दारको मृत्यु
खुट्टा तान्ने प्रवृतिबाट विचलित हुनुहुन्न : प्रधानमन्त्री
खुट्टा तान्ने प्रवृतिबाट विचलित हुनुहुन्न : प्रधानमन्त्री