लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
लेखक र भट्टको रोचक प्रतिस्पर्धाले समर्थकको ढुकढुकीमा गडबडी

सारांश

  • कञ्चनपुर, मंसिर २४ – भित्र मतगणना चलिरहेको हुन्छ ।
  • मतपरिणामको पर्खाइमा बाहिर बसेका समर्थकको मुटुको चाल अनियन्त्रित झैं भैरहेको हुन्छ ।
  • पर्खिदा – पर्खिदा २/३ घण्टाको फरकमा आउने मतपरिणामले घरी काँग्रेस उम्मेदवार २०/३० मतले अघि हुन्छन् त घरी एमाले उम्मेदवार ।

कञ्चनपुर, मंसिर २४ – भित्र मतगणना चलिरहेको हुन्छ । मतपरिणामको पर्खाइमा बाहिर बसेका समर्थकको मुटुको चाल अनियन्त्रित झैं भैरहेको हुन्छ । पर्खिदा – पर्खिदा २/३ घण्टाको फरकमा आउने मतपरिणामले घरी काँग्रेस उम्मेदवार २०/३० मतले अघि हुन्छन् त घरी एमाले उम्मेदवार ।
कन्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरु नेपाली काँग्रेसका रमेश लेखक र नेकपा एमालेका दीपक प्रकाश भट्ट बीचको प्रतिस्पर्धा सुन्ने, मत गन्ने र स्वयं उम्मेदवारका लागि रोचक भैरहेको छ ।
यी दुई नेता बीचको प्रतिस्पर्धी लुकामारी खेले झैं भैरहेको छ । यी दुई नेता मध्ये जो अघि लागेपनि सय भन्दा कम मतले मात्र अघि पछि भइरहेका हुन्छन् । हिजो बिहान अघि लागेका काँग्रेस नेतालाई दिउँसो भेटेर पनि बेलुकापख ८० मतको अग्रता थियो भट्टको ।
अहिले विहानसम्म काँग्रेसका लेखक भन्दा ३३ मतले मात्र अगाडि रहेका भट्टले पछिल्लो मतपरिणाम अनुसार मतान्तर केही बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका दीपक प्रकाश भट्टको १४ हजार ५० मत रहेको छ भने काँग्रेसका रमेश लेखकले १३ हजार ७९३ मत प्राप्त गर्नुभएको छ ।

(techfundingnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले  एकै दिन सात सभालाई सम्बोधन..
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले एकै दिन सात सभालाई सम्बोधन..
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
नारायणकाजी विजयी
नारायणकाजी विजयी
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा