रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन

सारांश

  • काठमाडौ ।
  • पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कडेँलेको बयान आज हुने भएको छ ।
  • सोहि प्रकरणमा मुछिएकी नर्स रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।

काठमाडौ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कडेँलेको बयान आज हुने भएको छ । सोहि प्रकरणमा मुछिएकी नर्स रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर बयान लिन सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा साउन ३० गते पक्राउ गरेको थियो।उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि चितवन जिल्ला अदालतले सुरुमा हिरासतमा राखेर अनुसंधान गर्न ५ दिनको समय दिएकोमा पुनः ५ दिनको म्याद थपिएको थियो। अदालतले अनुसंधानका लागि प्रहरीलाई दिएको जम्मा १० दिनको म्यान हिजो सकिएको हो।

यसैबीच सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरुले तक्काल रिहाईको माग गर्दै चितवनमा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा आज बिहानैदेखि व्यापक मात्रामा प्रहरी परिचालन गरी माईकिङ गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?