ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
५४७ पटक हेरिएको
Shares
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्लीयान्ने कोन्वेले ह्वाइट हाउसको ओभल अफिसमा असभ्य तरिकाले बसेको विषयमा स्पष्टिकरण दिएकी छिन् ।
  • यो घटनामा आफूले राष्ट्रपति कार्यालयको मानमर्दन गर्न नखोजेको उनको भनाइ छ ।
  • राष्ट्रपति कार्यालयमा आयोजित एक गम्भीर कार्यक्रमका बीच सल्लाहकार कोन्वेको असभ्य बसाईलाई लिएर सामाजिक सञ्जालमा उनको खेदो खनिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्लीयान्ने कोन्वेले ह्वाइट हाउसको ओभल अफिसमा असभ्य तरिकाले बसेको विषयमा स्पष्टिकरण दिएकी छिन् । यो घटनामा आफूले राष्ट्रपति कार्यालयको मानमर्दन गर्न नखोजेको उनको भनाइ छ ।


राष्ट्रपति कार्यालयमा आयोजित एक गम्भीर कार्यक्रमका बीच सल्लाहकार कोन्वेको असभ्य बसाईलाई लिएर सामाजिक सञ्जालमा उनको खेदो खनिएको थियो ।

राष्ट्रपति ट्रम्प र उनका अतिथिहरु सबै जना उभिएको ठाउँमा उनी हिल लगाएको खुट्टाले सोफामाथि दोब्राएर बसेकी थिइन् ।

कोन्वेले कोठामा उभिन खाली ठाउँ नभएको र सही एंगलबाट फोटो खिच्न खोज्दा त्यसरी बस्नु परेको बताइन् ।

फक्स विजनेस नेटवर्कसँगको कुराकानीमा उनले भनिन्, ‘कोठाभित्र धेरै भिड थियो र मलाई सही एंगलबाट फोटो खिच्न भनिएको थियो । सोफामाथि खुट्टा राख्ने मेरो मनसाय थिएन, तर त्यस्तो हुन गयो ।’

राष्ट्रपति कार्यालयको प्रोफेसनल फोटोग्राफर हुँदा-हुँदै सल्लाहकारले मोबाइलबाट किन फोटो खिच्नु पर्‍यो भन्ने उनले प्रष्ट पार्न सकिनन् । उनले राष्ट्रपति ट्रम्पसँग रुष्ट पत्रकारले आफूलाई बदनाम गर्नका लागि यस्तो फोटो बाहिर ल्याएको आरोप लगाइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?