चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
३२ पटक हेरिएको
Shares
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

सारांश

  • काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।
  • प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय अगाडि हुलहुज्जतको प्रयास भएपछि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको निसर्त रिहाईको माग राख्दै उनका समर्थकहरुले चितवनमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?