आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३६ पटक हेरिएको
Shares
आफ्नो स्वास्थ्यबारे चिन्ता नलिन प्रधानमन्त्री ओलीको आग्रह

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन्।
  • सिङ्गापुरमा उपचार गराईरहेका उनले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन्।

सिङ्गापुरमा उपचार गराईरहेका उनले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराएका छन्। गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?