लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान

सारांश

  • दाङ, ६ बैशाख ।
  • यस वर्षको लिटिल मिस दाङ २०१८ की विजेता आयुष्मा खड्कालाई घोराहीमा सम्मान गरिएको छ ।
  • उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, दाङ शाखाका अध्यक्ष सबिन प्रियासन, निवर्तमान अध्यक्ष सुदीप गौतम, पूर्व अध्यक्ष केएल पीडित, शाखा सचिव भूपेन्द्र वली, पूर्व उत्सर्ग स्टार समीक्षा पौडेल र उत्सर्ग फिल्मस् नेपालकी सल्लाहकार देवका पौडेलले खादा ओढाएर सम्मान गरेका थिए ।

दाङ, ६ बैशाख । यस वर्षको लिटिल मिस दाङ २०१८ की विजेता आयुष्मा खड्कालाई घोराहीमा सम्मान गरिएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, दाङ शाखाका अध्यक्ष सबिन प्रियासन, निवर्तमान अध्यक्ष सुदीप गौतम, पूर्व अध्यक्ष केएल पीडित, शाखा सचिव भूपेन्द्र वली, पूर्व उत्सर्ग स्टार समीक्षा पौडेल र उत्सर्ग फिल्मस् नेपालकी सल्लाहकार देवका पौडेलले खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान ग्रहणपछि लिटिल मिस दाङकी विजेता आयुष्माले यो सफलताबाट आफू निकै उत्साहित भएको बताइन् । “म निकै उत्साहित छु । अब सबैको साथ र सहयोगबाट म सामाजिक कार्यमा लाग्नेछु”, आयुष्माले बताइन् ।

बैशाख २ गते घोराहीमा भएको प्रतिष्पर्धामा १२ जनालाई उछिनेर आयुष्माले लिटिल मिस दाङको ताज पहिरिएकी थिइन् । घोराही उपमहानगरपालिका– १५ की आयुष्मा जनज्योति विद्यामन्दिरमा कक्षा ६ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?