बलात्कार गरेको कसुरमा १० वर्ष कैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बलात्कार गरेको कसुरमा १० वर्ष कैद

सारांश

  • एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ ।
  • न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो ।
  • आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए ।

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो ।

आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी किशोरीका आफन्तले वैशाख १६ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका थिए । किशोरीको २०७४ चैत १८ गते गण्डकी अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?