सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ

सारांश

  • भूकम्पले क्षति भएका अति प्रभावित सिन्धुपाल्चोकका पाँच सरकारी भवनको पुनःनिर्माण सम्पन्न भई शुभारम्भ गरिएको छ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङले पुनःनिर्माण सम्पन्न भएका भवनको उद्घाटन गर्नुभएको हो ।
  • उद्घाटन गरिएका भवनमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।

भूकम्पले क्षति भएका अति प्रभावित सिन्धुपाल्चोकका पाँच सरकारी भवनको पुनःनिर्माण सम्पन्न भई शुभारम्भ गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङले पुनःनिर्माण सम्पन्न भएका भवनको उद्घाटन गर्नुभएको हो ।उद्घाटन गरिएका भवनमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् । भवन नेपाल सरकार र एशियाली विकास बैंक ९एडिबी० को आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो ।

पाँच वटा भवन पुनःनिर्माणको लागत रु १५ करोड छ ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण गरिएका नयाँ भवनमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा निजी आवास, विद्यालय, सरकारी भवनलगायतको पुनःनिर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको उहाँले बताउनुभयो ।

सांसद सापकोटाले भौतिक संरचनाको पुनःनिर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको विचार राख्नुभयो । जिल्लामा भूकम्प स्मृति पार्कको निर्माण प्रक्रिया अघि बढेकाले नमूनाका रुपमा अघि बढाउन प्राधिकरणसँग आग्रह गर्नुभयो । सांसद तामाङले जिल्लामा पुनःनिर्माण राम्रोसँग अघि बढेको बताउनुभयो । पुनःनिर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने उहाँको भनाइ थियो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरेश नेपालले निजी आवास, सरकारी भवनलगायतका संरचना बनेकामा खुशी व्यक्त गर्नुहुँदै बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाइ गर्न पनि उहाँले सुझाव दिनुभयो । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख सन्तोष निरौलाले सरकार र एशियाली विकास बैंकमार्फत निर्माण भइरहेका १७ भवनमध्ये सातको पुनःनिर्माण सम्पन्न भएको र १० भवन पुनःनिर्माणको प्रक्रियामा रहेका जानकारी दिनुभयो । दुई भवन यसअघि नै सम्पन्न भई उद्घाटन भइसकेको प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनको पुनःनिर्माण प्रक्रिया अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?